Home / Feature Breaking news / प्लस टु पढ्न काठ्मान्डौ धाउन नपर्ने, अबको गन्तव्य गुरुकुल एकेडेमि

प्लस टु पढ्न काठ्मान्डौ धाउन नपर्ने, अबको गन्तव्य गुरुकुल एकेडेमि

दिपक वली
घोराही, ७ वैशाख
पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ । २०७८ सालबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पर्धा पनि उत्तिकै छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागी परेका छन् ।

अझै भन्नु पर्दा गुरुकुल एकेडेमीले सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षा प्रदान गर्दै प्रविधितर्फ जोडिरहेको छ । २०७८ सालबाट विज्ञान तथा व्यवथापन संकाय सुरु गरेको गुरुकुल एकेडेमीले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि प्रत्यक्ष अवलोकन तथा व्यवहार मुलक सिपलाई प्राथमिकता दिदै आइरहेको छ ।

मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले बताउनुभयो । गुरुकुल एकेडेमीले विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमा मात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि स्कुलले गरेको छ ।

विद्यार्थीहरुको लागि आवश्यकताअनुसार व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण जस्ता व्यवसायिक क्षेत्र अवलोकन गराउँदै आएको छ । शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात् गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्नका लागि जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको हो ।

‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र विद्यालयको अत्यधिक मेहेनतले गुरुकुल जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । दाङमा धेरै बिद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ । स्कुल तहमा मात्र नभई प्लस टु मा पनि शैक्षिक प्रतिस्पर्धा निकै नै छ । दाङ जिल्लामा करिब ६ सय बिद्यालय छन् । जसमध्ये ४५१ विद्ययालयमा प्लस टु संचालनमा आएको छ। दाङको घोराही उपमहानगरपालिकामा पनि अधिकांश विद्यालयमा प्लस टु संचालन गरिएको छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागि परेका छन् ।

गत बर्ष विज्ञान तथा व्यवथापन संकायमा कक्षा ११ मा मात्र १२३ जना विद्यार्थी भर्ना भएका छन् । पूर्ण मानव सिर्जना गर्ने मूल उद्धेश्यका साथ डाक्टर र इन्जिनियरहरू मिलेर २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले २०७८ सालमा प्लस टु संचालन गरेको हो । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । धेरै बिद्यालयमा बुझेर अन्तिममा गुरुकुलमा आएकि छात्रा सुरुवाति बर्ष देखि नै गुरुकुलमा कक्षा ११ मा भर्ना भइन र उनले यो बिद्यालय कस्तो छ भन्ने उनमा निकै खुलदुली थियो कतै सोचेको जस्तो नहुनेपो हो कि भन्न डरका बिच भर्ना भएकि छात्रा प्रतिक्षा पोख्रेल गुरुकुलको पढाई र त्यँहाको बातावरणबाट निकै खुसि भएको बताउछिन र उनले अन्य बिद्यार्थिलाई पनि गुरुकुलमा पढ्न सल्लाह दिएको बताउछिन ।

इन्टरनेटको माध्यमबाट पढाइ हुने उक्त बिद्यालयमा डिजिटल बोर्डहरु राखिएको छ । प्लस टुको लागि छुट्टै सुविधा सम्पन्न भौतिक पुर्वाधार रहेको छ । एसइइ पछि काठ्मान्डौ लगायतका ठुला शहरमा जानै नपर्ने गरी गुरुकुलले प्लस टुलाई अगाडि बढाइरहेको छ । पढाइमा मात्र नभएर अनुशासनमा पनि बिद्यालय अगाडि बढेको छ ।अनुशासन बाट बाहिर रहेर अनुशासनहिन भएका आफ्ना बालबालिकाको भबिष्य बिग्रिन्छ कि भन्ने नकारात्मक सोचमा भएका अभिभावकलाई गुरुकुलले पुर्ण मानव बनाउने र उत्कृष्ट अंक सहित बिद्यार्थिको भबिष्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । देशका बिभिन्न ठुला शहरहरुमा हुने शैक्षिक सुबिधा र बातावरण दाङमा रहेको गुरुकुलले पनि श्रृजना गरेको छ तसर्थ काठ्मान्डौ लगायत अअन्य ठाँउमा जान पर्ने छैन ।

बिद्यालयले साबिक राप्ति अंचलका दाङ सहित ५ जिल्लालाई शैक्षिक हव बनाउने उद्धेश्य राखेको छ । विद्यार्थीको लागि आवश्यकता अनुसार बोटानिकल भ्रमण पनि गराइने तथा व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण गराइदै आएको छ । पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापहरू हर्स राइडिङ , स्विमिङ , फुटबल ,बास्केट बल , भलिबल , लगायतका खेलहरू दक्ष प्रशिक्षकबाट प्रशिक्षण पनि दिइदै आएको छ । फरक शिक्षण विधिबाट जीवन उपयोगी, व्यवहारिक शिक्षामा जोड दिँदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ । जसको फलस्वरुप प्लस टु सम्मका कक्षा सञ्चालनमा छन् । प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ संकायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौंका नेम र पिइए जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँ गुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरू तयारी गर्ने अवसर पाउनेछन् । गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पूरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ ।

त्यस्तै विट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्ड विद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२२ मा गरी दुई पटक प्राप्त गरेको छ । शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरू पूरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्त्वपूर्ण अवार्डहरू प्राप्त गरेको छ । ‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्न थुप्रै आधार तयार भइसकेका छन । सोही अनुसार विद्यालयमा पर्याप्त पूर्वाधारदेखि शैक्षिक जनशक्ति तयार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*