Home / Feature Breaking news / कांग्रेस क्षेत्र न. २ को घुम्ती बैठक छिल्लीकोटमा सम्पन्न, १० गते अन्तरक्रिया कार्यक्रम गर्ने

कांग्रेस क्षेत्र न. २ को घुम्ती बैठक छिल्लीकोटमा सम्पन्न, १० गते अन्तरक्रिया कार्यक्रम गर्ने

घोराही, ७ वैशाख

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । क्षेत्रिय समितिको बुधवार तुलसीपुर उपमहानगरपालिका १९ को धार्मीक तथा पर्यटकीय स्थल छिल्लीकोटमा बसेको घुम्ती बैठकले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

यही वैशाख १० गते क्षेत्र अन्तरगत पर्ने प्रदेश क्षेत्रीय समितिका पदाधिकारी, उपमहानगरपालिका तथा गाँउपालिकाका पदाधिकारीहरु एवं क्षेत्रका सम्पूर्ण नेताहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस पार्टि कार्यालय घोराहीमा विहान ११ बजेदेखी कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेका बैठकमा नयाँबर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको थियो । बैठकले धार्मीक एवं पर्यटकीइ स्थल छिल्लीकोटको विकासकालागी पहल गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*