Home / Feature Breaking news / ‘छोरीलाई पढाउ भन्दै हुकुम दिए राजाले.’…..

‘छोरीलाई पढाउ भन्दै हुकुम दिए राजाले.’…..

 

दाङ । ‘छोरी पढाउ भनेर हुकुम दिए राजाले, घांस काटेर ग्वाला जाउ भन्थे बाबाले’ वनकट्टापकी चेली गिता रानाको गीतको थियो त्यो । साथै उनलाइ साथ दिने स्थानिय प्रतिनिधि रुपा विकका गितहरुले समेत समाजमा नारी शिक्षा र नारी रोजगारीको सन्देश दिएको थियो । त्यसमा सयौ महिलाहरुले साथ दिएका थिए । तिजलाइ अव निराशाको पर्व नबनाएर पारिवारीक मिलन र समृद्धिको पर्वका रुपमा समेत लिए ।

भित्रिएको तीजसंगै फेरी चेलीहरुले यहि भाषाका गीत गाए । तुलसीपुर उपमहानगरपालिका—१७ ले आयोजना गरेको कार्यक्रममा चेलीहरुले यस्तै भावना पोखिरहेका वेला तुलसीपुर उपमहानगरपालिका—१७ का थलराज पुरी पनि छमछनी नांचे । साथै उनले दिदिवहिनीहरुलाई पनि एउटा नयां सन्देश दिए । ‘संस्कृति जोगाउने एउटा पक्ष हो, तर अव समृद्धि पनि गीतका भाकामा आउन आवश्यक छ’—पुरीले भने । वडाले यो पटक फोर्टिनाइनमा तिज मिलन कार्यक्रमको आयोजना गरेको हो ।

तीज मिलन विशेष कार्यक्रममा वडाका सवै जनप्रतिनिधिहरुको उत्साहजनक प्रस्तुती थियो । लवरु चौधरीको तीज गीतले उत्साहको रौनकसंगै स्थानिय महिलाहरुका आधुनिक तीज नृत्यले हजार जति दर्शकहरुलाइ सांझैसम्म नचाएको थियो । स्थानिय भाका र स्थानिय कलाकारहरुका बाध्यवादनलाई प्राथमिकतामा राखेर तीज विशेष कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । देवीपुर टोल विकास संस्थाको आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका—१७को आयोजनामा भएको तीज मिलन कार्यक्रममा गितका माध्यमबाट पुरानो संस्कृति झल्काइएको थियो भने नयां आयाम र समृद्धिको खोजिपनि गितकै माध्यमबाट खोजिएको थियो ।

कतिपय गितहरु राजनीतिक सुधारमा समेत केन्द्रित थिए । राजाका पालामा छोरी पढाउने अभियान अहिलेपनि सुस्ताएको छ, यसमा समाजसेवी सीता पौडेलले यथार्थ अभिव्यक्ति दिएकी थिइन् । तिज मिलन कार्यक्रममा करीव दर्जन भन्दा बढि कलाकारहरुले सामाजिक उत्पीडनका गितहरु पस्केका थिए । कार्यक्रमको सहजीकरण बालिका तिवारीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*