Home / विशेष / विपदमा व्यवसायीका सहयात्री सुरज बुढाथोकी

विपदमा व्यवसायीका सहयात्री सुरज बुढाथोकी

घोराही, ८ असोज

वि.स २०७६ को समाप्तीतिर सुरुभएको कोरोना संक्रमणको समयमा सरकारले पटक पटक लकडाउन ग¥यो । लकडाउनको घोषणासँगै मानिसहरु घरबाहिर निस्कन पनि डराउने समय थियो । जुन समयमा व्यक्ती देखेर व्यक्ती डराउने पनि थियो । सबै आफ्नै घर–घरमा थुनिनुपर्ने अवश्था पनि रह्यो ।

करिब महिना दिनपछिको लकडाउन समाप्तीसँगै केही सहज भयो । करिब एक बर्षपछि पुनः कोरोना महामारीको दोस्रो संक्रमण सुरु भयो । पुनः दोस्रो लहरको संक्रमणसँगै सरकारले लकडाउनको घोषणा ग¥यो । पहिलो लकडाउनभन्दा यो लकडाउन कडा पनि भयो, किनकी यो चरणमा धेरै व्यक्तीहरुले ज्यान गुमाउनुभयो । यस समयमा अक्सीजनको अभाव र्हयो ।

अस्पतालहरुमा पनि अक्सीजनको अभाव हुन थाल्यो । जुनमा समयमा केही युवाहरुको समूह विपदसँग जुध्नकालागी अभियानमा जुट्यो । जसको नेतृत्व गरे व्यवसायी सुरज बुढाथोकीले । सुरजको योजनामा सुरु भएको अभियनको मुख्य काम भनेको सहज रुपमा अक्सीजनको व्यवस्थापन गर्नु । कोही दंगालीहरुले पनि अक्सीजनको अभावका कारण ज्यान गुमाउन नपरोस् भनेर अभियान सुरु गरेका सुरजले युवाहरुलाई एकीतृत गर्दै अभियानलाई तीव्र बनाउदै लगे ।

सुरजको अभियानलाई विभिन्न सामाजिक संघसंस्थाले साथ दिन थाले । अस्पतालदेखी व्यक्तीको घरसम्म अक्सीजन पु¥याउन सुरजलाई भ्याईनभ्याई भयो । सुरुमा घरका सदस्यले महामारीको समयमा जोखीमको काम नगर्न आग्रह गरेपनि पछि भने साथ दिन थाल्यो । उनको अभियानले धेरैको ज्यान बच्यो ।

आफू व्यवसायी भएकाले पनि उनले आफ्नो अभियानको लक्षीत समूहको पहिलो रोजाईमा उद्योगी व्यवसायीहरुलाई नै राखेका थिए । त्यस अवधीमा अप्ठेरोमा परेका २ सय बढि व्यवसायी र उहाँको परिवारलाई अक्सीजन सिलिण्डर उपलब्ध गराएको उनी बताउछन् । दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा एक हजारको अक्सीजन अभियान चलाएर १ हजार ३२ वटा सिलिण्डर खरिद गरिएको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवसायिक सल्लाहकार एवं प्रशासन प्रमुख भएर काम गरेका सुरज यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदकालागी उमेद्वार बनेका छन् ।

उद्योगी व्यवसायीहरुको छाता संगठनमा बसेर ६ बर्षसम्म व्यवसायिक सल्लाहकार एवं प्रशासन प्रमुख भएर काम गरेको र त्यस अवधीमा व्यवसायिक मुद्धाहरुलाई नजिकबाट केलाएका कारण पनि कार्यसमितिमा बसेर ती मुद्धाहरुमा काम गर्न सकिन्छ भनेर कार्यसमिति सदस्यपदको उमेद्वार बनेको उँहाले बताए ।

आमसञ्चारमा स्नातकोत्तर गरेका बुढाथोकी उच्च माविमा करिब ३ बर्ष अध्यापन गराएको अनुभव पनि छ । बुढाथोकीले नेपालका विभिन्न उद्योग वाणिज्य संघहरुको अवलोकन, उद्यमशीलता विकासमा प्रशिक्षक प्रशिक्षण तालिम लिएर तालिम प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । यसका साथै उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदमा आफूलाई मत दिएर बिजयी बनाउन उनले सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुमा अनुरोध गरेका छन् । ‘व्यवसायिक हकहित र व्यवसायीको सुरक्षाकालागी म छाता संगठनको कार्यसमितिमा गएर काम गर्नकालागी उमेद्वार बनेको छु, सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुलाई मत दिएर बिजयी बनाउन अनुरोध गर्दछु ।’ उनले भने– ‘यो पटक मलाई बिजयी बनाएर तपाईहरुको क्षेत्रमा काम गर्ने मौका दिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*