चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने ।
मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेको समस्यालाई आफ्नै समस्या ठान्छन् । अनि त सहज गर्न सकिने बिषयलाई समाधानको योजान बुनिरहेका छन् लिलारामले ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको बाणिज्य उपाध्यक्षका रुपमा आफूलाई स्थापित गर्न चाहिरहेका छन् उनले । पदीय लालसा भन्दा पनि व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने हुटहुटी जागिरहेको छ उनलाई ।
अनि त भन्छन् ‘म मेरो व्यक्तिगत जीतका लागि हैन,व्यवसायिक हकहितका लागि सबै व्यवसायिहरुको निम्ती जित्न चाहन्छु ।’ करका बारेमा जानकार छन् लिलाराम । कर प्रणालीका बारेमा थाहा नहुँदा कैयन व्यवसायिहरुले समस्या भोगिरहनु परेको समस्या देखि अनभिज्ञ छैनन् उनि ।
‘भ्याट करका बारेमा धेरै साथीहरुलाई थाहा नहुँदा समस्या भोगिरहनु परेको छ,’ उनले भने ‘यो भ्याट र करका बारेमा मलाई धेरै कुरा थाहा छ, यो समस्या समाधानका निम्ती म सदैव उभिने छु ।’ उनले कोरोना कालमा विभिन्न कार्यक्रम तथा कर सम्बन्धि सचेतना कार्यक्रममा प्रत्यक्ष लागेर सबै व्यावसायि हरुलाई जानकार बनाएका थिए । रोल्पाको तिलाबाट २०६२ देखि उनको व्यवसायिक यात्रा प्रारम्भ भयो । तालावाङी स्टोरका नाममा खाद्यान्नको व्यवसाय सुरु गरेका लिलाराम व्यवसायिक यात्राकै क्रममा दाङ झरे ।
उनले तालावाँङी स्टोरकै नाममा घोराहीमा व्यवसाय सुरु गरे । अहिले उनि न्यू खड्का स्टोर्स र न्यू हरियाली स्टोर्सका प्रोप्राईटर हुन् । ब्यापार उनको पेशा, तर यो पेशामा भोग्नु परिरहेको आफ्नो समस्यालाई मात्रै हैन, सबै व्यवसायिहरुको समस्यालाई मसिनो गरि केलाईरहेका थिए लिलारामले । अनि समग्र व्यवसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि व्यवसायिक संगठनमा आफ्नो प्रतिनिधित्व खोजे । फलतः उनि बाणिज्य सदस्यका रुपमा उद्योग वाणिज्य संघमा प्रवेश गरे ।
थुप्रै सामाजिक काममा जोडिएका लिलाराम खड्का कोरोनाको समयमा खाद्यान्न बितरण , माक्स बितरण तथा उधोग बाणिज्य संघको अक्सिजन सिलिन्डर बितरणमा महत्त्वपूर्ण भुमिका खेलेका छन । थुप्रै संघ सस्थामा आबद्ध लिलाराम खड्का अन्तर्राष्ट्रिय रोल्पाली समाजको सधारण सदस्य , तालाबाङ्गि सेवा समाजको अध्यक्ष पनि हुन ।
ब्यापारीक हकहितमा लाग्ने सस्था प्रजातान्त्रिक उधमी संघका सचिब पनि हुन । साथै जनचेतना टोल बिकास सस्थाको उपाध्यक्ष भएर पनि जनताको सेवा गरेको अनुभव बटुली सकेका छन । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने इच्छा जाग्दै गयो उनलाई । यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – हुमाकान्त अधिकारी ।