Home / Feature Breaking news / हापुर कप २०८० : गाउले, युएनबिसी र लोटस बिजयी

हापुर कप २०८० : गाउले, युएनबिसी र लोटस बिजयी

घोराही,७ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको सातौ दिनका खेलहरुमा युएनबिसी, द लोटस र गाउँले फुटबल क्लव बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी प्रतियोगिताको सातौ दिनको पहिलो खेलमा युएनबिसी क्लव बिजयी भएको छ । युएनबिसीले सल्यान टेक एफसीलाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा जित निकाल्न सफल भएको हो । खेलमा सल्यान टेक एफसीका खेलाडी गौरब केसीले गोल गर्दै टिमलाई अग्रता दिएपनि जोगाउन नसक्दा हार बेहोर्न पुगेको थियो ।

युएनबिसीको जितका लागि खेलाडीहरु समित पुन र निसान डाँगीले समान १–१ गोल गरेका थिए । त्यसैगरी दोस्रो खेलमा द लोटसले मीनबहादुर फाउन्डेसनलाई १–० ले पराजित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा लोटसलाई जित दिलाउनका लागि कप्तान अबिषेक थापाले निर्णाक गोल गरेका थिए । त्यसैगरी छैठौ दिनको अन्तिम खेलमा गाउँले फुटबल क्लव बिजयी भएको छ । गाउँले फुटबल क्लवले घोराही–१७ लाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

निर्धारित समयको खेल दुवै टिमबाट गोल हुन नसकेपछि बराबरीमा सकिएको थियो । फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*