घोराही, ११ फागुन
बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको भव्य रुपमा सफल बनाउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुले एक्येवद्धता जनाएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई भव्य रुपमा सफल बनाउन दलहरुले सहयोग र समर्थन सहित सामूहिक ऐक्यवद्धता जनाएका छन् ।
शुक्रबार दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष एंव महोत्सव मुल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा बसेको जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुको बैठकमा सहभागि राजनीतिक दलहरुको बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन सहयोग र समर्थन सहितको ऐक्यवद्धता जनाएका छन् ।
नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरूको प्रचारप्रसार आवश्इक रहेको सहभागीहरुको भनाई थियो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले युवाहरुलई आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति तर्फ आकर्षित गर्न यो महोत्सव महत्त्वपूर्ण हुने सहभागीले बताए ।
नेपाल सहित १३ देशका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने महोत्सवमा १८ गते दाङ झल्किने झाकी, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते रास्ट्रीयस्तरमा चर्चित कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।
उक्त महोत्सवको टिकटको मुल्य १८ गते निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने १९ र २० गते एक सय रुपैया टिकट शुल्कको व्यवस्था गरिएको छ भने २१ गते सोमबार नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट पाँच सय रुपैया र सामान्य टिकट एक सय रुपैया शुल्क लाग्ने छ । जेष्ठ नागरीकलाई प्रवेश निशुल्क रहेको मूल आयोजक समितिका संयोजक बसन्त जोशीले जानकारी दिनु भयो ।
दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्बन्धीत महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुनुका साथै उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचीव विकास वलीले बताउनुभयो ।
वलीको अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्री रहेन तथा दाङ जिल्लामा पाइने नेवारी, थारु तथा मगरको परिकारहरु समेत रहेने छन् ।