अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।
‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,’ उनले भने, ‘हिजो उनीहरू आफन्तकहाँ गएर बसेका थिए। आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरू के–कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।’
RaptiSandesh RaptiSandesh