Home / Feature Breaking news / ट्राफिक प्रहरीले गरे गाउपालिकालाई सहयाेग

ट्राफिक प्रहरीले गरे गाउपालिकालाई सहयाेग

दाङ, १८ वैशाख
दाङमा कार्यरत ट्राफिक प्रहरी जवानले कपुरकाेट गाँउपालिकालाई खाद्यान्न सहयाेग गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी जवान जनक खड्काले सल्यानकाे कपुरकाेट गाँउपालिकालाई चामल १० बोरा, दाल २ बोरा, तेल २० लिटर, पानी २ कार्टुन, मास्क १ सय ३० पिस, पन्जा १ सय ५० जोड, डिस्पोजेवल क्याप १०० पिस सहयाेग गरेका हुन् ।

खड्काले गाँउपालिकामै पुगेर साे सामाग्री प्रदान गरेका हुन् । खाद्य सामाग्री खड्काले कार्यालय सम्म आएर खाद्यान्न सामग्री गाँउपालिकाका अध्यक्ष भिमबहादुर सेन र प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीलाई प्रदान गर्नुभएकाे हाे । सहयाेग गर्ने खड्कालाई गाँउपालिकाले धन्यवाद ज्ञापन गरेकाे छ ।

काेराेना भाइरसकाे संक्रमण फैलन नदिनकालागी भएकाे लकडाउनकाे पालना गराउनकालागी सुरक्षाकर्मीहरू २४ घण्टा सडकमा खटिएकाे समयमा व्यक्तीगत रूपमा ट्राफिक प्रहरीले गरेकाे याे सहयाेगकाे कपुरकाेट गाँउपालिकाका अध्यक्ष सेनले प्रशंसा व्यक्त गरेका थिए ।

“लकडाउनकाे समयमा निम्न वर्गका व्यक्तीहरूलाई सहयाेग हाेस् भनेर गाँउपालिकालाई सक्दाे सहयाेग गरेकाे हुँ” खड्काले भने-“सबैकाे सहयाेग र समन्वयबाट नै अहिलेकाे संकटकाे सामना गर्न सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*