Home / समाचार / गल्ला तथा किराना व्यवसायीद्वारा भित्रेपात्रोको विमोचन

गल्ला तथा किराना व्यवसायीद्वारा भित्रेपात्रोको विमोचन

दाङ,२७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकाशन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ ।

आइतवार एक कार्यक्रमको आयोजना गरेर भित्रेपात्रोको विमोचन गरिएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको प्रमुख अतिथ्यता एव संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाललगायतका अतिथीहरुले सयुक्त रुपमा भित्रेपात्रोको विमोचन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष वुढाथोकीले निजी क्षेत्र समस्यामा परेको बताए । कोभिड तथा पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण व्यवसायीहरु मारमा परेको उनले बताए ।

व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधै तयार रहेको बताए । आफुहरुलाइ पर्ने समस्याका बारेमा जानकारी गराउन समेत उनले आग्रह गरे । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायीहरुले आफनो व्यवसाय मर्यादित बनाउनु पर्ने बताए । व्यवसायीहरु व्यवसायीक अन्य विषयमा भन्दा पनि मुदामा ध्यान दिएर अगाडि वढन उनले आग्रह गरे ।

कार्यक्रममा वोल्ने बक्ताहरु व्यवसायीक एक्ताका साथ अगाडि वढनुपर्ने बताएका थिए । कार्यक्रममा ओम जोशी, प्लाष्ट्रिक व्यवसायी समितीका अध्यक्ष ओमप्रकाश पोख्रेल, समितिका निवर्तमान अध्यक्ष उपेन्द्र खड्कालगायतकाले भनाइ राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । समितिका सचिव सुरज सुवेदीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*