Home / Feature Breaking news / कक्षा १२ को परीक्षा साउन ३१ देखि गर्ने निर्णय

कक्षा १२ को परीक्षा साउन ३१ देखि गर्ने निर्णय

काठमाडौँ,५ साउन । राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा संचालन गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

होम सेन्टर विद्यार्थीले पढेकै विद्यालयमा नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने अर्यालले बताए । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेर मात्रै परीक्षा संचालन गरिने उनले जनाए । जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*