Home / Feature Breaking news / आगलागी पिडीतलाई महिला सामुदायिकको सहयोग

आगलागी पिडीतलाई महिला सामुदायिकको सहयोग

दाङ, ९ पुस
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फुलबारीको अग्नीपिडीत एक परिवारलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले सहयोग गरेको छ ।
केन्द्रले पढाउदै आएकी तिर्सना वली श्रेष्ठको घरमा आगलागी भएपछि केन्द्रले लत्ताकपडा एवं खाद्यान्न सहयोग गरेको हो ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, सचिव शीवा योगी लगायतको टोली घरमै पुगेर ३० हजार बराबरको सिरक डसना लगायत लत्ता कपडा एवं खाद्यान्य सहयोग गरेको नेपाल महिला सामुदायिक सेवाका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

मंसीर ८ गते भएको आगलागीबाट घर एवं घरमा भएका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट हुँदा बिचल्लीमा रहेका परिवारलाई केन्द्रले सहयोग गरिएको गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*