घाेराही, २६ असार
मुक्तिनाथ विकास बैंक लि. घाेराही शाखाले घाेराही ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । बैंकले उक्त प्रतिक्षालय हरिशयनी एकादशी ब्रतका दिन आज मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकाे छ । बैंकका घाेराही शाखा प्रमुख विकास केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीलाई बैंकका कर्मचारी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूकाे राेहवरमा हस्तान्तरण गर्नुभएकाे हाे ।
मन्दिरमा पुग्ने भक्तजनहरू विश्रामकालागी प्रतिक्षालय निर्माण गरिएकाे बैंकले जनाएकाे छ ।
मन्दिर हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट शाखा प्रमुख केसी, राजकुमार चाैधरी, सुरक्षा आचार्य पाेख्रेल, विवश घर्ति मगर सहभागी थिए भने मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष अधिकारी, उपाध्यक्ष संकर गाैतम, सचिव विश्णुराम आचार्य, काेषाध्यक्ष बाेधीलाल शर्मा, सहसचिव निमबहादुर चाैधरी, सदस्य धनपति शर्मा र लेखा तथा प्रशासन प्रमुख नरेश पाैडेल सहभागी थिए।
RaptiSandesh RaptiSandesh