Home / समाचार / बङ्गलाचुलीमा व्यवसाय दर्ता शिविर सुरू, पहिलाे दिन ९३ दर्ता

बङ्गलाचुलीमा व्यवसाय दर्ता शिविर सुरू, पहिलाे दिन ९३ दर्ता

दाङ, २६ फागुन
बङ्गलाचुली गाउँपालिकामा अाईतवारदेखी व्यवसाय दर्ता शिविर सञ्चालन भएको छ । दाङ जिल्ला उधोग वाणिज्य संघ बङ्गलाचुली शाखा र बङ्गलाचुली गाउँपालिकाले संयुक्त आयोजनामा शिविर सुरू भएकाे हाे । बंगलाचुली शाखा अध्यक्ष रुकप्रसाद पुलामीकाे अध्यक्षता एवं बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीकाे प्रमुख अातिथ्यता र दाङ जिल्ला उद्याेग वमणिज्य संघका उधोग उपाध्यक्ष वसन्त जोशीकाे विशिष्ठ अातिथ्यमा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा व्यवसायी शिवराज परियार लगायतले मन्तव्य राख्नु भएको थियो ।
कोषाध्यक्ष केशब जि.सी.ले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका खरिदार प्रेम डागी ले गर्नु भएको थियो ।

शिविरमा पहिलो दिन अाईतवार बंगलाचुली गाउपालिका वडा नम्बर ३ र ४ को लागि बङ्गलाचुली गाँउपालिकाको कार्यालयमा गरिएको दर्ता शिविरमा ९३ जना व्यवसायीले व्यवसाय दर्ता गराउनुभएको छ ।
शिविर अन्तरगत फागुन २७ गते वडा नम्बर ५ र ६ को लागि लोहारपानीमा, फागुन २८ गते वडा न ७ र ८ को लागि हासिपुरमा, वडा न १ र २ को लागि स्युजामा दर्ता शिविर सञ्चालन गरिने बंगलाचुली शाखाले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*