Home / Feature Breaking news / गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

दाङ २४ असोज

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता श्रीगारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ ।

श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ मा हरेक दिन श्रीगारिक गौमाता पञ्चआरती एवं हरेक दिन शचतण्डी पाठ हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

समाजमा राष्ट्रि« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश(गाई, गोरु, बाच्छा,बाच्छी)को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा हरेक दिन गौमाताको महत्वसहित श्रीगारिक पञ्चआरती गरिने आयोजक मूल समितिका सहसंयोजक बिमला योगीले जानकारी दिनुभयो ।

विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ अन्य महायज्ञभन्दा फरक उद्धेश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनकालागी सबैजना आ–आफ्नो स्थानबाट लागीपर्न आयोजक मूल समितिले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*