तुलसीपुर, १७ भदौ ।
माध्यामिक बिद्यालय सेन्टर तुलसीपुरले सुचना प्रबिधि कक्षा सञ्चालन गर्न शुरु गरेको छ । आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सुचना प्रबिधि –आई टी कक्षाबाट राम्रो जनशक्ति उत्पादन गर्ने उद्देश्यले कक्षा सञ्चालन गरेको बिद्यालयका प्रधानाध्यापक भागवत पौडे्लले जानकारी दिए ।
३ बर्षे कार्यक्रम अन्तगर्त ६ सेमेस्टरमा कक्षा सञ्चालन हुने उनले बताए । साथै विद्यालयले ४८ जना बिद्यार्थीको सिटीभिटीबाट संम्बन्धन प्राप्त गरेको जनाएको छ । आई टी ईन्जीनिरीङका लागि आईतबार सम्म १० जनाले भर्नाको लागि प्रबेशीका परिक्षाका लागि आबेदन दिएको बिद्यालय प्रशासनले जनाएको छ ।
२० गते सम्म आवेदनको लागि समय निर्धारण गरिएको र भदौ २३ गते प्रबेशीका परिक्षामा सहभागि हुने प्रधानाध्यापक पौडेलले जानकारी दिए । सिटीभिटीको डिप्लोमामा प्रबेशीका परिक्षामा उर्तिण भएका जुनसुकै बिद्यार्थीले पनि आईटी कक्षामा भर्ना हुन सक्ने उनले बताए । कुनैपनि संकायमा गणित र बिज्ञान बिषयमा सी र अग्रेजीमा डि प्लस प्राप्ती गरेकाले मात्र आवेदन दिन सक्ने छन् । २ लाख रुपैयामा ६ सेमेस्टर सम्म अध्ययन गर्न सकिने छ भने आबश्यक पूर्बाधार पनि राम्रो बनाइएको बिद्यालयले जनाएको छ ।
प्रत्येक बिद्यार्थीका लागि एउटा ल्याप्टप उपलब्ध गराईने छ । उक्त बिद्यालयले २०७३ सालदेखि प्राबिधिक बिषय अन्तर्गत ईन्जीनिरिङ,सव–ईन्जीनिरिङ र ईलिक्ट्रकल बिषयमा कक्षा सञ्चालन भईरहेको प्रध्यानाध्यापक पौडेलले बताए । प्राबिधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषदले दाङका १० वटा सामुदायिक बिद्यालयलाई प्राबिधिक कक्षा सञ्चालनको अनुमति दिएको हो ।
गुरुजजुर मावि रक्षौचारमा बाली विज्ञान,मावि तुलसीपुर सेन्टरमा सूचना प्रविधि, अमर मा वि उरहरीमा पशु विज्ञान, जन कल्यान मावि दूधराशमा सिभिल इञ्जियिरिङ, आदर्श नमूना मावि लालमटियामा सूचना प्रविधि, मावि रझेनामा सर्भे इञ्जिनियरिङ, सरस्वती मावि काठेकोल घोराहीमा सूचना प्रविधि, बाल जनता मावि लमहीमा बाली विज्ञान, पद्योदय नमूना माविमा अटोमोबाइल इञ्जिनियरिङ र मावि गोग्लीमा बाली विज्ञान कक्षाको अनुमति प्रदान गरिएको छ । सिटिईभिटिले देशभरीका ९६ वटा सामुदायिक विद्यालयले अनुमती पाएका छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेललको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भाष्कर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सबीन प्रियासनले सामुदायीक बिद्यालयबाट प्राबिधिक शिक्षा सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्नु अत्यन्त राम्रो कार्य भएको भन्दै प्रसंशा गरेका थिए ।
बिद्यालयले सिसीटिभी र एप सञ्चालन गरि बिद्यालयका हरेक गतिबिधिको निगरानी र व्यवस्थापनका बिषयमा अभिभाबकहरुले घरमै बसि हेर्न सक्ने प्रबिधि जडानलाई सामुदायिक बिद्यालयले उदाहरणिय कार्य गरेको बताए । कार्यक्रमको सहजीकरण शिक्षक भोलाराम पौडे्लले गरेका थिए ।