Home / समाचार / सहमति कार्यान्वयन गर्न आंशिक प्राध्यापक संघको माग

सहमति कार्यान्वयन गर्न आंशिक प्राध्यापक संघको माग

दाङ,१२ साउन । नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस दाङले विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनको माग गरेको छ । त्रिभुवन विश्वविद्यालयको बेवास्थाका कारण लामो समयदेखि आंशिक प्राध्यापकहरु अति न्यून ज्यालामा बधुवा मजदुर सरी काम गर्न बाध्य हुनु परेको भन्दै सहमति कार्यान्वयनमा ध्यान दिन त्रिभुवन विश्वविद्यालय पदाधिकारी तथा क्याम्पस प्रमुखहरुलाई आग्रह गरेको छ ।

नेपाल आंशिक प्राध्यापक संघ इकाइ समिति महेन्द्र बहुमुखी क्याम्पस दाङका अध्यक्ष बालकृष्ण डाँगीद्धारा हस्ताक्षरित विज्ञप्तिमा राज्य तथा विश्वविद्यालयले पटक पटक आंशिक प्राध्यापक संघ गरेको सहमति कार्यान्वयनको माग गरेको हो । ‘विगतमा राज्य तथा विश्वविद्यालयसँग आंशिक प्राध्यापकहरुले गरेको सम्झौता कार्यान्वयन नहुनु बिडम्वनापूर्ण छ ।’ अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा महेन्द्र बहुमुखी क्याम्पस दाङले पनि विगतमा भएको सहमति कार्यान्वयनमा ध्यान नदिएको बताइएको छ । महेन्द्र बुहुमुखी क्याम्पस प्रमुख दिवाकर पोख्रेललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–‘विगतमा महेन्द्र बुहुमुखी क्याम्पस प्रध्यापाक संघ, आंशिक प्रध्यापक, विद्यार्थी एव कर्मचारीका विचमा भएको सहमतिलाई कार्यान्वयनका लागि कूनै पनि प्रक्रिया नथालेको र क्याम्पस प्रशासन खुल्ला हुदा पनि त्रिविले आंशिक प्रध्यापकलाई हाजिर हुनवाट बञ्चित गरेर भोकोपेटमा लात हान्ने काम गरेको छ, जुन घोर निन्दनीय छ ।’ संघले आंशिक प्राध्यापक संघ केन्द्रले थालेको विरोधको कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ ।

जसअन्तर्गत साउन ११ गतेदेखि १६ गतेसम्म दिनको ११ बजेदेखि १ बजेसम्म धर्ना दिने, प्रा.डा. बिनोद पराजुली नेतृत्वको आंशिक प्राध्यापकहरुको व्यवस्थापनका लागि बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, प्रा.डा. ओम बरालको संयोजकत्व बनेको कार्यविधि निर्माण समितिले तोकिएको समयभित्र तयार गरि कार्यान्वन गर्नुपर्ने र आंशिक प्राध्यापकहरुका माग संम्वोधन नभएसम्म विश्वविद्यालयका औपचारिक कार्यक्रमहरु परिक्षा,अनलाईन कक्षा बहिष्कार गर्ने जनाइएको छ । साउनको १६ गतेसम्म पनि मागप्रति बेवास्था गरिए थप सशक्त आन्दोलन गर्ने संघले जनाएको छ ।

यसैविच आन्दोलनप्रति प्रजातन्त्रवादी प्रध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइले एक्यवद्धता प्रकट गरेको छ । संघका इकाइ अध्यक्ष सुधिर पोख्रलले सोमवार एक विज्ञप्ति प्रकाशित गरि आंसिक प्राध्यापकको आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन । अध्यक्ष पोख्रेलद्वारा जारि विज्ञप्तिमा त्रिवि प्रसाशनले लामो समय सम्मपनि आंसिक प्राध्यापकका जायज माग सम्वोधन नगरेर शैक्षिक क्षेत्र अस्तव्यस्त बनाउने काम गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*