Home / Feature Breaking news / दाङमा बढ्दै संक्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

दाङमा बढ्दै संक्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

दाङ, १३ वैशाख । दाङमा दिनप्रतिदिन कोरोना संक्रमितहरु बढि रहदा स्वास्थ्य सेवा भयाभह स्थीति बन्ने अवस्था देखिन थालेको छ । संक्रमितको वृद्धिदर बढिरहदा जटिल प्रकारका विरामीहरु राख्ने ठाउँको समेत अभाव भएको छ ।

दाङमा कोरोना संक्रमिको उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा भैरहेको छ । केही दिन यता घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको उपचार गर्न सुरु गरेको छ । तर यी दुवै अस्पतालमा अहिले जटिल प्रकारका कोरोना संक्रमितहरुले भरिएको छ । अन्य अधिकांस संक्रमितहरु घरमै रहेका छन् । तर घरमा भएका संक्रमितहरुमा संक्रमण बढ्दै जाने हो भने उनीहरुलाई उपचार गर्ने भरपर्दाे अस्पतालहरु समेत छैनन् । कोरोना संक्रमित बढिरहदा समेत स्थानीय पालिकाहरुले संक्रमितलाई राखेर उपचार गर्ने अस्पतालहरु बनाउन ध्यान दिन सकेका छैनन् ।

जिल्लामा दिनहु बढीरहेको कोरोना संक्रमितको संख्याले नेपालगंज जस्तै दाङको अवस्था बन्ने हो कि भन्ने त्रास समेत जनतामा फैलिन थालेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको ग्राफले पनि त्यो संकेत देखाएको छ । सोमवारमात्र जिल्लामा १ सय ५२ कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गरिएका स्वावमध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पीसीआर परीक्षण गरिएका २ सय २ नमुनामध्ये १ सय ५२ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुमध्ये घोराही उपमहानगरपालिकाका ९० जना, तुलसीपुर उपमहानगरपालिकाका ४५ जना, लमही नगरपालिकाका ५ जना छन् । त्यसैगरी शान्तिनगर गाउँपालिका, गढवा पालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन् । उनीहरुमध्ये भक्तपुरका २ जना, प्युठानका २ जना, कैलाली, सल्यान, रुकुम र मकवानपुरका १÷१ जना रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

योसँगै तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । यो जिल्लामा सबैभन्दा कोरोना बढी कोरोना संक्रमित रहेको पालिका हो । त्यसैगरी घोराही उपमहानगरपालिकामा २ सय ७५ जना पुगेको छ । कोरोना संक्रमित बढी हुने संख्यामा घोराही उपमहानगरपालिका दोस्रो स्थानमा छ । लमहीमा कोरोना संक्रमितको संख्या २९ जना, गढवा गाउँपालिका ९ जना, दंगीशरण गाउँपालिकामा १० जना, बंगलाचुली १ जना, बबई गाउँपालिकामा २३ जना, राप्ती गाउँपालिकामा १४ र शान्तिनगर गाउँपालिकामा १३ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।
थप एकजना संक्रमितको मृत्यु

जिल्लामा थप एकजना कोरोना संक्रमितको सोमवार मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० बर्षीय पुरुषको उपचारका क्रममा सोमवार दिउँसो मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । उनी वैशाख १० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनलाई आइसियूमा राखेर उपचार हुँदै आएको थियो । यसैगरी अस्पतालबाट दुईजना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौँ रिफर गरिएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी ३३ बर्षीय पुरुषलाई हेम्स र तुलसीपुर उपमहानगरपालिका–७ निवासी ३८ बर्षीय पुरुषलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन लुम्विनी प्रदेशभित्रका तीनवटा कोरोना बिशेष अस्पताललाई ५० लाख रूपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र रुपन्देहीमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँको दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट ३ हजार ४ सय ४२ जना संक्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

त्यसैगरेर ३ सय ७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय७६ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*