Home / Feature Breaking news / प्रकोपमा हुने मनोवैज्ञानिक त्रासलाई कम गर्न व्यक्ति र परिवारको भूमिका

प्रकोपमा हुने मनोवैज्ञानिक त्रासलाई कम गर्न व्यक्ति र परिवारको भूमिका

लक्ष्मी ढकाल

हामी अहिले कोरोना भाइरसको विषम परिस्थितिमा छौ । यस्तो विषम परिस्थितीमा मानिसहरुमा रिस उठनुु, डर लाग्नु, आत्तिनुु, आक्रोशित हुनुु, रातमा निन्द्रा नलाग्नुु, छटपटि हुनु स्वभाविक हो । तर कहिले काही यस्ता समस्याले नकारात्मक असर पनि गर्दछ । यस्तो विषम परिस्थितिमा स्वयं व्यक्ति र परिवारको जिम्मेवारी हुन्छ । अहिले कोरोना संक्रमणवाट संक्रमित व्यक्तिहरु कोही होम आइसोलेसनमा हुनुहुन्छ । कोही अस्पतालमा हुनुहुुन्छ ।

होम आइसोलेसनमा र अस्पतालमा बसिरहेका व्यक्तिलाई अव कोरोना संक्रमित भइयो कतै मरिन्छ कि मेरो परिवार ले दुुख पाउछन कि भन्ने जस्ता कुराको बढि मात्रामा तनाब हुन सक्छ भने अन्य व्यक्तिलाई पनि अहिले विभिन्न संचार माध्यमरसामाजिक संजालहरुमा कोरोना संक्रमणवाट धेरैको ज्यान गएको,अक्सिजन नपाएको जस्ता खवर व्यापक रुपमा आएको कुरा सवैले हेरिरहेको हुुन्छ कतै मलाई पनि कोरोना लाग्छ कि ,लाग्यो भने के गर्ने होला मरिन्छ कि भन्ने डर,त्रास र नकारात्मक सोचाई आउन सक्छ र तनाव हुुन सक्छ ।

सवैभन्दा पहिला त व्यक्ति स्वयंले नै आफुुलाई मनमा आइरहेको कुुराहरु आफना भावनाहरु आफन्त परिवारलाई व्यक्त गर्नु पर्दछ र परिवार र आफन्तहरुले पनि समय दिएर उसको कुराहरु सुनिदिने गर्नुपर्दछ । यस्तो अवस्थामा हामीले सकारात्मक विचारहरुले भरिदिन सक्छौ ।जस्तै कोरोना संक्रमण भएका एकसय जना मध्ये धेरैजसोलाई केही पनि नभई निको हुन्छ भन्ने जस्ता सकारात्मक कुराहरु उहाहरु सामुु गर्नु पर्दछ । विभिन्न किसीमले मनोरन्जन गराउन सक्छौ ।

योगा ध्यान श्वासप्रश्वास अभ्यासहरु गराउन सक्छौ । एक्लो भएको महशुुश हुन नदिने । होम आइसोलेसनमा बसेकाहरु र अस्पतालको आइसोलेसनमा बसेकाहरुलाई एकदमै स्वस्थ खानपानको लागी सहयोग गरिदिने,हामी तपाइहरुको सहयोगको लागी तयार छौ भनेर सहयोगी भावनाहरु व्यक्त गरिदिने,उहाहरुको मनमा के कस्ता भावना,विचार,सोचाईहरु आइरहेका छन ती सुनिदिने गर्नुपर्छ ।

यसरी उहाहरुको मनमा आएका विचारहरु सुनिदिने गर्यो भने उहाहरुको मन हलुुंगो र सकारात्मक हुन्छ । धेरैजसो आइसोलेसनमा बसेकाहरुलाई तपाइहरु ठिक हुनुहुन्छ ,केही हुदैन आत्मवल बलियो बनाउनुु पर्छ भन्ने खालका सकारात्मक कुराहरु गर्नुपर्छ ।यसका साथसाथै आफनो स्वास्थ्यको पनि ख्याल गर्नुपर्दछ । कतै स्वास फेर्न गाहे हुुन्छ कि, कतै गाहे अवस्था आउने लक्षणहरु देखापर्छ कि भन्नेवारे पनि ध्यान दिनुुपर्छ ।

कहिलेकाहि हामी सुुन्नुुभन्दा पनि बढि हतारमा सुुझाव दिने गर्दछौ तर यो राम्रो होइन । हरेक व्यक्तिमा आफुलाई आइपर्ने तनावहरुसंग सामना गर्न सक्ने क्षमता हुुन्छ । मात्र कहिलेकाही तलमाथि भएको वेलामा राम्रोसंग सुुनिदिने, सहयोगको लागी उपलव्ध भइदिने,दयालुु,मायालुु भावना प्रकट गर्ने र सक्दो आवश्यक मद्दत गरिदिने हो भने यस्ता व्यत्तिललाई सजिल्लो हुन्छ ।

यो समयमा मनोवैज्ञानिक त्रासलाई कम गर्न पनि स्वास्थ्यकर्मीको पनि ठुलो जिम्मेवारी हुन्छ । स्वास्थ्यकर्मीहरु रातदिन खटिरहनुु भएको छ ।आफै तनावमा हुुनुुहुुन्छ तर पनि उहाहरुले सहयोग गरिरहनुुभएको छ । त्यसैमा पनि विरामीहरुलाई समय दिने, मिठो वोली वोलीदिने, उहाँहरुको भावना सुुनिदिने, हौसला दिनेगरेमा धेरै हदसम्म डर,त्रासलाई कमगर्न सकिन्छ ।यसका साथ साथै जो व्यक्ति धेरै डर,त्रास भएर मानसिक स्वास्थ्य समस्यमा हुुनुुहुुन्छ कि भन्ने विचार पनि गर्नुपर्छ ।

मानसिक स्वास्थ्य समस्यमा भएको थाहा पाएमा सामानय परामर्श आफै स्वास्थ्यकर्मीले दिन सक्नुहुन्छ ।यदि धेरै नै समस्या देखिएमा मनोविद वा मनोचिकित्सक कहा सिफारिस गरिदिने गर्न सक्नुहुुन्छ ।
स्वास्थ्यकर्मी जस्तै मिडियाको पनि सवैभन्दा ठुलो भुमिका छ । सबैले सवै खालका समाचार सुन्न पाउनु अधिकार पनि हो । गलत सुचना नदिई सहि सुुचना मात्र दिदा त्रास र भयावहमा परेका मनोवैज्ञानिक असरमा परेकाहरुलाई कम गर्न सकिन्छ ।

जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गर्न सिकाइदिनुहोस । लकडाउनले गर्दा औषधि,खाद्यान्न,सरसामानहरु रिचार्जकार्डहरु किन्न सहयोग गरिदिनुहोस । अस्पतालमा गएर सेवा लिन सक्नुुभएको छैन भने डाक्टर मनोविदहरुको नम्वरहरु पत्ता लगाएर फोन वाटै सेवा दिन सहयोग गर्नुहोस ।

मिडिया जस्तै सुरक्षाकर्मीको पनि ठुलो भुमिका छ ।हामी सवै जनाले बुझछौ यो महामारीमा तपाइको काम साच्चिकै कठिन छ । कोरोना भाइसरवाट बच्न सवै जना घरमा वस्न अति आवश्यक छ तर पनि तपाइहरुलाई अनुशासनको पालना र सवैलाई सुरक्षित राख्नका लागी सडकमा हुन आवश्यक छ ।

कयौ व्यक्तिहरुले तपाइहरुको नियमलाई पालना नगरी तपाइहरुको सल्लाहर आदेशको विरोध गर्दछन ।यस्तोे अवस्थामा तपाइहरुलाई रिस उठन सक्छ , आक्रोशमा आउन मन लाग्न सक्छ ।तरपनि तपाइहरुले उहाहरुको भावनालाई बुझिदिने, एकछिन समय दिएर कुुराकानी सुुनिदिने । के कामका लागी घर बाहिर निस्किएको छ । के सहयोग चाहिएको छ बुझिदिने गर्नुहोस ।कयौ मानिसहरुको घरमा खाद्यान्न सकिएको हुन सक्छ । औषधि सकिएको हुन सक्छ ।

एक ठाउवाट अर्को ठाउमा अति आवश्यकले सहयोग गर्न जान लागेको हुन सक्छ । त्यो सवै बुुझेर सहयोग गर्नुहोस ।अहिले हाम्रो देशमा महामारी छ ।यसको अन्त्य हुन्छ धैर्य गर्नुहोस सकारात्मक सोचाई राख्नुुहोस । एक अर्काप्रति माया ममता सहयोगी भावना राख्नुहोस । नकारात्मक कुुराहरुमा ध्यान नदिनुहोस । जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नुहोस कोभिड लागन वाट बचाउछ ।यदि लागिहाल्यो भने पनि धेरै आत्तिनु हुदैन ।आत्मवल बलियो वनाउनुहोस ।

लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा कार्यरत मनोसामाजिक मनोविर्मकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*