Home / Feature Breaking news / दुई सय नमुना परीक्षण गर्दा एक सय ५२ जनामा काेराेना पुष्टि

दुई सय नमुना परीक्षण गर्दा एक सय ५२ जनामा काेराेना पुष्टि

दाङ – दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा साेमवार पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुनामध्ये एक सय ५२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।

यसैबीच दाङमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ३० पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार सबैभन्दा धेरै तुलसीपुरमा दुई सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै घोराहीमा एक सय ८५, लमहीमा २४, बबईमा २३, राप्तीमा १४, शान्तिनगरमा १२, दङ्गीशरणमा नाै र गढवामा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । बङ्गलाचुली र राजपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।

अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*