Home / Feature Breaking news / सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनायोः कांग्रेस

सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनायोः कांग्रेस

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।

जग्गा भोगचनलसम्बन्धी नियम र नैतिकताविपरीत नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै उक्त गम्भीर गल्ती गरेकोमा नेकपाले क्षमायाचना गर्नुपर्ने कांग्रेसको तर्क छ।

‘सत्तारूढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकताविपरित सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुखित तुल्याएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने, ‘हामी आशा गर्छौं, यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित हुनबाट जोगाउनेछ।’

केही दिनअघि कान्तिपुर दैनिकले नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचार लेखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*