Home / समाचार / स्वयम्सेविका सरकारका स्वास्थ्य दूत

स्वयम्सेविका सरकारका स्वास्थ्य दूत

तुलसीपुर,३१ साउन। घर घरमा गएर स्वास्थ्य सेवा दिने स्वयम्सेविकाहरु सरकारको स्वास्थ्य दूत भएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । उनले सरकारको दुत भएका कारणले गर्दा जनताको स्वास्थ्यका वारेमा उनीहरु चिन्तित हुनुपर्ने उनको कथन थियो । “तपाईहरुको सेवा सुविधा प्रति हामी निकै चिन्तनशिल रहेका छौ” नगरप्रमुख पाण्डेले भने । उनले स्वयम्सेविकाहरुलाई काम अनुसारको मुल्य दिनका लागि स्थानीय सरकारका हिसावले काम अगाडि वढाउने कुरामा जोड दिए ।

उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको वताउँदै नगरप्रमुख पाण्डेले त्यसका वारेमा आम जनतालाई सचेतना प्रदान गर्ने काममा स्वास्थ्य स्वयम्सेविकाहरु निरन्तर लाग्नुपर्ने कुरामा उनको जोड थियो । “सामान्य जनताको ज्यान जोगाउँने काम तपाईहरुको नै हो ” नगरप्रमुख पाण्डेको भनाई थियो । जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउनका लागि स्वयम्सेविकाहरु निरन्तर लाग्नुपर्ने कुरामा उनले जोड दिए ।

स्वास्थ्य उपसमिति संयोजक राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै उपप्रमुख माया शर्माले घरघरमा मानिसहरुलाई स्वास्थ्यप्रति सचेत वनाउनका लागि स्वयम्सेविकाहरुको भुमिका अहम् भएको वताइन् । जनताहरुलाई स्वास्थ्यका वारेमा जानकारी दिनुका साथै गर्भवती महिलाहरुको स्वास्थ्य रक्षा गर्नमा स्वयम् सेविकाहरुले नमुना काम गरेको समेत उनको भनाई थियो । स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले स्वयम् सेविकाहरुले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका सहजता ल्याएको वताए ।

सो अवसरमा स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान समेत गरिएको थियो । उनीहरुको काम प्रभावकारी भएको भन्दै झोला, छाता र परिचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य सह संयोजक विष्णु गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*