दाङ, ५ कार्तिक
डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक मुद्धा दर्ता गरेको छ ।
कार्तिक २ गते लक्ष्मीपूजाको दिन बेलुकी साढे ६ बजेको समयमा बसपार्क क्षेत्रमा डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने २ जनालाई सार्वजनिक मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
लक्ष्मी पूजाको दिन बेलुका साढे ६ बजेको समयमा दाङदेखी रोल्पा जाने गाडीमा सिटको विषयमा विवाद भएपछि हात दुई युवाबीच हात हालाहाल भएपछि पुगेका प्रहरी जवान दिपेन्द्र विसीमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी जवान विसीको पोशाक(बर्दि) च्यातिनुकासाथै हात र टाउकोमा चोट लागेको छ ।
सोही क्रममा प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरिक्षक मानबहादुर महरालाई पनि हातपात गरेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
घटना भएलगत्तै उनीहरुलाई प्रहरीले २ जनालाई पक्राउ गरेको र पक्राउ परेकामध्य २ जनालाई आईतवार म्याद थप गरेर सार्वजनिक मुद्धा दर्ता गरेको सिंहले जानकारी दिनुभयो ।
घटनामा संलग्न अर्का एक जना सशस्त्र प्रहरी भएकाले विभागीय कार्वाहीका लागि सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।