Home / Feature Breaking news / राप्ती गाउँपालिकामा एउटा सचिवको काँधमा ३ वटा वडा

राप्ती गाउँपालिकामा एउटा सचिवको काँधमा ३ वटा वडा

ओमप्रकाश गुप्ता

देउखुरी, २३ साउन । राप्ती गाउँपालिकाको ४ वटा वडा सचिव बिहिन हुँदा एउटा सचिवले ३ वटा वडासम्म हेर्नु परेको छ । हाल गाउँपालिकाको वडा नम्बर ४, ७, ८ र ९ सचिव विहिन रहेका छन् । ती वडामा सचिव पद रिक्त हुँदा ३,४ र ९ नम्बर वडा ३ नम्बरका वडा सचिव दामोदर पोख्रेलले हेर्ने गरेका छन् ।

त्यस्तै ५ र ७ नम्बर वडा ५ नम्बरका वडा सचिव शेरबहादुर हमालले हेर्ने गरेका छन् । भने ६ र ८ नम्बर वडा ६ नम्बरका वडा सचिव मंगलप्रसाद चौधरीले हेर्दै आएका छन् । संघ र प्रदेशमा कर्मचारी समायोजन भएपछि ढाई महिनाले ती वडामा एउटा सचिवले ३ वटा वडासम्म हेर्नु परेको सम्बन्धित वडाका सचिवहरूले बताएका छन् ।

एउटा सचिवले ३ वटासम्म वडाको जिम्मेवारी सम्हाले पछि सेवाग्राहीले दुख पाउन थालेका छन् । पञ्जिका,मालपोत लगायतका काममा सचिवले हेर्नु पर्ने हुँदा सचिवलाई खोज्दै आर्को वडासम्म जानु पर्ने कि त घण्टौसम्म सचिवलाई कुर्नु पर्ने बाध्यता रहेको एक सेवाग्राहीले बताए । यस विषयमा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सँग बुझ्दा कर्मचारी सरूवा बढुवाका कारण केही वडा सचिव विहिन भएको बताए ।

यस अघि हामीले विभिन्न शाखाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर काम चलाएका थियौं अव भने लोकसेवा आयोगले कर्मचारी पठाए मात्र समाधान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*