Home / Feature Breaking news / कांग्रेस र जसपाको निष्कर्ष– सरकार असफल, नेकपाको आन्तरिक विवादमा फस्दैनौ

कांग्रेस र जसपाको निष्कर्ष– सरकार असफल, नेकपाको आन्तरिक विवादमा फस्दैनौ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकार र मुलुकको अवस्था ठिक नरहेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा सरकार र मुलुकको अवस्था ठिक नरहेको निष्कर्ष निकालेका हुन् ।

देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका थिए ।

“मुलुकको अवस्था ठीक छैन,” छलफलमा सहभागी नेता महतोले भने, “हठात् रुपमा संसद् अधिवेशन अन्त्य गरिएको छ । यस्तो अवस्थामा संसद् बोलाउनुपर्नेमा सरकारले किन अन्त्य गरेको हो ? लोकतन्त्रमा संसद्मा जनताका प्रतिनिधिले आफ्ना कुरा राख्न पाउनुपर्छ ।”

उनले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताउँदै नेकपाभित्रको झगडामा आफूहरु प्रवेश नगर्ने बताए ।

“नेकपाको आन्तरिक विवादमा हामी फस्दैनौं,” उनले भने, “हामीबीच नयाँ सरकारका विषयमा कुराकानी भएको पनि होइन तर सरकारले काम गर्न सकेन भन्ने देखेकै कुरा हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*