दाङ, १४ वैशाख
संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।
“१५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन पनि गर्न सक्छन् । कुनैले सातदिन पनि गर्न सक्ने भए । १५ दिन अधिकतम सीमा हो । १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने जिल्लालाई अधिकार दिइएको हो,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भने ।