Home / Feature Breaking news / करेन्ट लागेर देउखुरीमा सहचालकको मृत्यु

करेन्ट लागेर देउखुरीमा सहचालकको मृत्यु

दाङ, २२ असार । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज आइतवार करिव ११ बजे लमही नगरपालिका–७ सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क १६६० नम्वरको टिप्पर निकाल्ने क्रममा विद्युतको तार छुनगई घाइते भएका जेसीवीका सहचालक प्युठान जिल्ला प्युठान नगरपालिका–९ मरेङ बस्ने २७ बर्षीय खेतुलाल घर्तिमगरको मृत्यु भएको हो ।

खोलामा फसेको टिप्परलाई बा २ क ५६३९ नं. नम्वरको जेसीवीले निकाल्ने क्रममा विद्यतुको तारछुदा घर्तिमगर घाइते भएका थिए । घाइते घर्तिमगरको देउखुरीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोद विक्रम शाहले जानकारी दिए ।

तातो डिजेल शरिरीमा पर्दा घाइते

त्यस्तै देउखुरीमा तातो डिजेलले पोली एक जना कामदार घाइते भएका छन । आइतवार दिउँसो गढवा गाउँपालिका–४ गोविन्दनगर–खडकपुर सडक खण्ड पिच गर्ने क्रममा प्रिमिक्स नामक मेसिनमा डिजेल राख्ने क्रममा तातो डिजेल शरीरमा पर्दा सप्तरी जिल्ला कुनौली गाउँपालिका–५ कोइलाडी निवासी १८ बर्षीय दिपक शरदार घाइते भएका हुन ।

उनको कम्मरदेखि तहको भाग र दाहिते हातमा पोलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन । घाइते शरदारको लमही अस्पतालमा परम्भीक उपचार प्रश्चात थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*