Home / Feature Breaking news / गौमाता रक्षार्थ महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

गौमाता रक्षार्थ महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

दाङ, २७ असोज
गौमाता रक्षार्थ भोली आईतवारदेखी घोरामीमा हुने महायज्ञको तयारी पुरा भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा भोली असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा गौमाता रक्षार्थ हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो ।

महायज्ञकालागी आवश्यक भौतिक संरचना निर्माण, शोभायात्राको तयारी, गेट निर्माण, पत्राचार लगायतका सम्पूर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो । भोतिक संरचना निर्माणकालागी श्री रणसिंह गण दल भरतपुर ब्यारेक घोराहीले सहयोग गरेको थियो ।

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने भएको छ । आईतवार घटस्थापनाका दिनबाट सुरु हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा हरेक दिन श्रृगारिक गौ आरती गरिने छ । एक करोड दीप प्रज्वलन गरिने भएको छ । भत्तजनहरुको माग अनुसार महायज्ञमा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम राखीएको छ ।

यस्तै एक हजार आठ शालिग्राम पूजन, एक सय आठ कन्या पूजन लगायत विवाह, ब्रतबन्ध, चौरासी पूजाको व्यवस्था पनि गरिएको छ । महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहनुभएको छ ।

शोभायात्रामा उपस्थितिकालागी अनुरोध

विजयादशमी २०८० को अवसरमा असोज २८ देखी कार्तिक ५ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ को उद्घाटनपूर्व हुने शोभायात्रामा उपस्थितिकालागी आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले मध्याह्न १२ बजेदेखी घोराहीको ट्र«ाफिक चोकबाट सुरु हुने शोभायात्राकालागी सम्पूर्ण सामाजिक संघसंस्था, धार्मीक, जातिय, युवा, महिला संघसंस्थाहरुलाई पत्राचार गरिएको बताउदै पत्र प्राप्त नभएपनि सम्पूर्ण भक्तजनहरुलाई विशाल उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञको शोभायात्रामा उपस्थित भई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*