Home / Feature Breaking news / थरुहट थारुवान मोर्चाको बन्दले दाङको जनजीवन प्रभावित

थरुहट थारुवान मोर्चाको बन्दले दाङको जनजीवन प्रभावित

दाङ,२० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। मोर्चाले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन बन्दको प्रभाव परेको छ।

बन्दका कारण दाङमा शैक्षिक सस्था, यातायातका साधनहरु, व्यापार व्यवसाय बन्द रहेका छन्। बन्दको आयोजना गर्ने बन्दकर्ताहरु सडकमा नदेखिए पनि बजार खुल्न सकेको छैन। यातायातको साधानहरु चल्न सकेका छैनन्। बजारमा फाटफुट सवारी साधन चले पनि लामो दूरीका सवारी साधनहरु चल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

थारु समुदायलाई सरकारले विभिन्न किसिमको विभेद् गर्दै आएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराईका जिल्लामा आम हड्तालको घोषणा गरेको छ। थारु आन्दोलनकर्मीहरुले विगतमा उठाएको माग पूरा नगरेकाले मोर्चाले बन्दको आयोजना गरेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक जनकुलाल चौधरीले जानकारी दिए। दोस्रो चरणको आम हड्तालको कार्यक्रमअन्तर्गत दुईदिने थरुहट क्षेत्र बन्दको आयोजना गरेको समेत उनले जानकारी दिए।

आम हड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारी तथा यातायातका साधनहरु पूर्णरुपमा बन्द रहेका छन्। आमहड्तालको समयावधिमा अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, शव बाहन, दुध बोक्ने, औषधिजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटन, पत्रकार, कूटनीतिक नियोगका सवारी साधनहरु सञ्चालनमा रोक नलगाउने समेत मोर्चाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*