Home / Feature Breaking news / नेपाल फार्मेसी संघ दाङमा नयाँ नेतृत्व

नेपाल फार्मेसी संघ दाङमा नयाँ नेतृत्व

दाङ,२४ चैत । नेपाल फार्मेसी संघ दाङको प्रथम जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार घोराहीमा भएको भेलाले सुलभ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा राजीमान बुढा,सचिवमा अजय केसी,सहसचिवमा श्यामकुमार गिरी,कोषाध्यक्षमा सुरज न्यौपाने, सहकोषाध्यक्षमा रेखा बुढा निर्वाचि भएकी छिन । शनिवार घोराहीमा सम्पन्न भेलाले संघको सदस्यहरुमा लिला पौडेला,अलिता पौडेल,बिकास डागी,नारायण बस्नेत,सन्तोष धिकारीलाई चयन गरेको छ भने बाँकी दुई सदस्य पछि मनोनित गर्ने भएको छ । भेलाको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले  बक्ताहरुले फार्मेसी व्यवसायीहरुको हकहित र सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताए ।

नेपाल फार्मेसी संघ दाङ जिल्ला सम्मेलन आयोजक समितिको अध्यक्षता तथा ५ नं. प्रदेशसभा सदस्य अमरबहादुर डागीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य सेवालाई व्यवस्थीत गर्नका लागि अस्पतालमहरुमा फर्मेसीट अध्ययन गरेकाहरुलाई राख्न आवश्यक रहेको बताए । अहिले देशभरका सञ्चालित अधिकांस अस्पातालहरुमा फर्मेसी सञ्चालन भएपनि त्यहाँ काम गर्ने फार्मेसी सम्वन्धी अध्ययन नगरेको हुनाले विरामीहरुले सहि औषधि उचित मुल्यमा प्राप्त गर्ने अवस्था नरहेको समेत सहभागीहरुले बताए ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रदेशसभा अमर डागीले राज्य सेवालाई व्यवस्थीत गर्न स्थानीय सरकार क्रियाशिल हुनुपर्ने बताए । ‘देश पुरानो संरचनावाट अहिले नयाँ संरचनामा रुपमान्तरन भएको छ’,प्रदेशसभा सदस्य डागीले भने,‘नयाँ संरचनामा स्वास्थ्य सस्थालाई कस्तो बनाउने भन्ने स्थानीय सरकारलाई अधिकार भएकाले त्यही अनुसार चल्न आवश्यक  छ ।’ कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालले फार्मेसीलाई व्यवस्थीत गर्दै विरामीहरुलाई उचित समयमा औषधि पु¥याउने उद्देश्यले आफुहरु देशव्यापी संगठन निर्माणको चरणमा रहेको बताए ।

उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय, विश्व उपभोक्ता मञ्च दाङका उपाध्यक्ष डा.लोकराज पराजुली, नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य अजमीन ढकालले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजीमान बढाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन रेखा बुढाले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*