Home / Feature Breaking news / देउखुरीको अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलन्यास

देउखुरीको अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलन्यास

दाङ,१९ फागुन । देउखुरीको लमही नगरपालिका वडा नं. ९ को अमिलियाचोकमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सालिक शिलन्यास गरिएको छ । उक्त शालिकको नेपाली कांग्रेस महामन्त्री एव पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सोमवार एक कार्यक्रमका विच विच उद्घाटन गरेकाक हुन ।

शालिकको सिलन्यास पछि आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खड्काले नेपालको राजनीतिक परिवर्तनमा खुमबहादुर खड्काको ठुलो योगदान रहेको बताएका थिए । नेता खड्काले स्वर्गीय खुमबहादुर खड्का पार्टीमा राजनीतिक सिकार बनाइएको बताएका थिए ।पच्यात विरोधीदेखि लोततान्त्रिक गणतन्त्र स्थापनासम्म आन्दोलनका लागि लड्ने खड्काको राजनीति जीवनमा कति महत्व छ भनेर २०३३ सालमा बीपी कोइरालाले मेलमिलापको नीतिका साथ स्वदेश फर्कदा आफुसँगै ल्याउनुले स्पष्ट पारेको बताएका थिए ।

पार्टी र देशकालागि ठुलो त्याग गरेका खड्कालाई राजनीतिक प्रतिसोध र षड्यन्त्रमा फसाइएको खड्काको भनाई थियो ‘पच्यात विरोधी आन्दोलनदेखि लोतकतान्त्रिक गणतन्त्र स्थापनाका लड्ने स्वर्गीय खड्का राजा र पार्टीमा प्रतिष्प्रधीको सिकार भए’,उनले भने,‘राजनीतिक प्रतिसोधका कारण फसाइएका खड्का जनतामा सधै प्रिय भए ।’ उनले काग्रेस केन्द्रिय समितिमा सबैभन्दा पहिला खुमबहादुर खड्काले नै गणतन्त्रमा जानुपर्ने प्रस्ताव पेश गरेको बताए । त्यही कारण खुमबहादु्र कुनैदिन राजाको तारो बनेको भन्दै महामन्त्री खड्काले नबुझ्नेहरुले मात्रै स्वर्गीय नेता खुमबहदुरलाई राजावादी भन्ने कुतर्क गर्ने गरेको बताए ।

dipak

त्यस्तै नेपाली कागं्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले स्वर्गीय खुमबहादुर खड्का विकासको बहाक भएको बताएका थिए । उनले खुमबहादुर खड्काले दाङको विकासका लागि खेलेको भुमिका लागि कसैले भुल्न नसक्ने समेत बताए । ‘खुमबहादुर खड्का मन्त्री भएको समयमा दाङमा सडक सञ्जाल विस्तारसँगै विद्यालय, स्वास्थ्यचौकी,सिचाईको धेरै विकास भएको छ’,मन्त्री गिरीले भने,‘जसले गर्दा उनी सवै जनताको मन र मष्तिकमा रहेका छन ।’ उनले दाङदेखि देशभर कागेंसलाई संगठित र व्यवस्थीत बनाउन खेलेको भुमिकालाई पार्टीका केन्द्रदेखि तल्लोस्तरका कार्यकर्ताहरुले अनुसरन गरे काग्रेस पुरानै अवस्था फर्कने बताए ।

khum bahadur chok

नेपाली कागेंसका जिल्ला सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्त, नेपाली कांग्रेस डडेलधुरा जिल्ला सभापति कर्ण मल्ल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरु गेहेन्द्र गिरि, बिरकेश्वरी गौतम, घनश्याम रेग्मी, मोहनलाल ओली, प्रदेशसभा सदस्य डिल्ली चौधरी, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली काग्र्रेसका नेता तथा पूर्व सन्चार राज्यमन्त्री तप्त बहादुर बिष्ट, संविधानसभा सदस्यहरु राजु खनाल, बुद्धिराम भडारी,सुशिला चौधरी, नेपाली कांग्रेसका नेता भारत बहादुर न्यौैपाने, नेताहरु जानकीलाल बस्नेत, पुर्व जिल्ला सचीव कमलकिशोर घिमिरे , नेपाली कांग्रेस क्षेत्र न १ का सभापति भेषराज पाण्डे, क्षेत्र न २ का सभापति भुप बहादुर डागी, क्षेत्र न ३ का सभापति जगत खड्का, स्वर्गीय खुमबहादुर खड्का छोरा अनुराग खड्कालगायतले बोलेका थिए । स्वर्गीय नेता खड्काको पूर्णकदको शालिक एक बर्षभित्र निर्माण गरि सक्ने कांग्रेस दाङले जनाएको छ ।

chok

नेपाली काग्रेसका जिल्ला उपसभाति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीहरुलाई जिल्ला सचिव टेकबहादुर वलीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव शंकरप्रसाद डागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*