Home / Feature Breaking news / प्रवासमा नेपाली पत्रकारिताका विषयमा घोराहीमा छलफल

प्रवासमा नेपाली पत्रकारिताका विषयमा घोराहीमा छलफल

घोराही, २७ असोज ।

नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा एक कार्यक्रम गरि प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग प्रवाशमा नेपाली पत्रकारिताका विषयमा छलफल छलफल गरिएको हो ।

महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष भण्डारीले अमेरिकाको कानुनको परिधिमा रहि अमेरिकामा बसेर पत्रकारिता गर्न चुनौतिपुर्ण रहेको बताउनु भएको छ । सुचना प्रविधिको तिव्र विकासले गर्दा विश्वका हरेक सन्दर्भहरु मानिसको मुट्ठिमा आईसकेकाले पत्रकारले समाचारको विषयबस्तुमा ध्यान दिन आवश्यक देखिएको तर्क गर्नुभयो ।

नेपालमा गरिने पत्रकारिता र प्रवासमा बसेर गरिने पत्रकारिता फरक भएपनि यसको विकासका लागि निरन्तरका सक्दो प्रयास जारी राखेको भण्डारीले बताउनुभयो ।

रिपोटर्स क्लव अमेरिकाका अध्यक्ष किसन रेग्मीले कोभिडपछिको अर्थिक मन्दिले नेपालमा मात्रै नभई अमेरिकामा पनि मिडिया चलाउन कठिल हुदै गएकाले कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने बारेमा छलफल हुनुपर्ने बताउनुभयो । महासंघलाई कोभिडका बेला राहतकोषका लागि सहयोग गरेको भन्दै नेजाका अध्यक्ष भण्डारी र रिपोटर्स क्लव अमेरिकाका अध्यक्ष रेग्मीलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले नेपाल अमेरिका पत्रकार संघ नेजाले प्रवासमा रहेर पनि कोभिडका बेला राहतकोष, ग्रामिण पत्रकारिता जस्ता क्रियाकलाप गरेर देशप्रतिको जिम्मेवारी बहन गर्नु अनुकरणिय काम भएको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आरके शिलतले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*