Home / Feature Breaking news / ‘उत्पादनले मात्रै आर्थिक समृद्धि’

‘उत्पादनले मात्रै आर्थिक समृद्धि’

पार्वती बस्नेत
देउखुरी, १८ पुस । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को ८ औ बार्षिक साधारण सभा कार्यक्रम सप्पन्न भएको छ । संस्थाका अध्यक्ष देबिमाया थापाको अध्यक्षता तथा लमही नगरपालिका नगरप्रमुख कुल बहादुर के.सि.को प्रमुख आतिथ्य र लमही नगरपालिका उप–प्रमुख देबका बाल्बासेको बिशिष्ट आतिथ्यमा भएको हो ।

कार्यक्रममा वोल्दै नगर प्रमुख केसीले गाउँ गाउँमा सहकारी घर–घरमा भकारी भन्ने मुल नारालाइ आत्मसात गर्दै समुदायलाई नै आर्थिक रुपमा अगाडी बढाउनका लागि सहकारी मार्फत सरकारले काम गर्दै आएको बताए । ब्यावसायीक महिला उद्यमी उत्पादनले मात्रै आर्थिक समृद्धि हुन सक्ने उनको भनाइ रहेको थियो । सहकारीले व्यावसायिक उद्यमी बिस्तारका साथै बजार सम्म पहुँच बिस्तार गर्ने कार्यलाइ स्थानीय सरकारले पनि ब्यबस्थित रुपमा अगाडि बढाउनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

लमही नगरपालिकाका उप–प्रमुख देबका बेल्बासेले छरिएर रहेको पुँजीलाइ एक मुष्ट सञ्चालन गर्नका लागी सहकारीले अहम भुमिका निर्बाह गरेको बताइन् । महिलाहरुलाइ आत्म निर्भर र शसक्त गराउनका लागि स्थानीय सरकारले आफ्नो तर्फ बाट पनि सक्दो पहल गर्दै आएको उनको भनाइ रहेको छ । महिलाहरुले गर्ने हरेक गतिविधिमा आफुले सक्दो सहयोग र सहकार्य गर्न उनले बताइन् । कार्यक्रममा वार्ड नम्बर ९का सदस्य खिमबहादुर योगी, समाज सेवी शिबलाल चौधरी, अमर कवर, तिलक खत्री, प्रहरी चौकी रिहारका हवल्दार भरतबहादुर कार्की, राजपुर गाउँपालिका पशु शाखा अधिकृत दिपक राना, ग्रामीण महिला उत्थान केन्द्र दाङका क्ख्ऋिक्ष्क्ष् कार्यक्रम संयोजक भिमकान्त चौधरी लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक ओभा गिरीलाइ सम्मान गरिएको थियोे । भने संस्थाले गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति २ जनालाइ, लमही ८ खोली गाउमा गठन भएको साथी समुहलाई उत्कृष्ट समुह, उत्कृष्ट ऋणि सरस्वती बि.क.बर्षमा धेरै खसी बाख्रा बिक्री गर्ने सुनिता थापा, इन्द्रमणी वली र सावित्री डाँगीलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियोे । यसैगरी कार्यक्रममा बाल बचतमा धेरै बचत गर्ने प्युदेबी योगी, संस्थाले कर्मचारी हेमनारानण चौधरी र जानकी चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखा संयोजक सुनिता पछाइको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन सचिब आशा कुमाल ले र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष मिना पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सदस्य गंगा घर्तीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*