लिलाधर वली
दाङ । बंगलाचुली गाउँपालिका–३ साख्लाचौर निवासी बालिका भण्डारीलाई घरका लागि आवश्यक पानी ल्याउन ग्रागी बोकेर खोला जानुपर्ने दिन टरेको छ ।
गाउँमा फनबोर्डको आर्थिक सहयोग तथा जनउत्थान समाज विकास केन्द्रको प्राविधिक सहयोगमा खानेपानीको आयोजना निर्माण भएपछि उनको घरमै धारा आएको छ ।
घरको आगनमा पानीको धारा आएपछि भण्डारीलाई पानीका लागि खोला जानुपर्ने बाध्यता हटेको हो ।
घरको आगनमा खानेपानीको धारा आएपछि गत बैशाख महिनादेखि पानी भर्न उनलाई खोला जानु परेको छैन । ‘घरमा पानीको धारा आएपछि हामीलाई पानीको समस्या हटेको छ’, भण्डारीले भनिन्,‘ धारा नहुदा खानेपानीका लागि समेत खोला जानुपथ्र्याे । तर खानेपानीको धारा बनेपछि अहिले टाढा जानुपर्दैन ।’
घरमै घाराबाट पानी आएपछि महिलाहरुलाई सुख हुनका साथै समयको समेत बचत भएको छ । पानीको
धारा नहुदा खानेपानीका लागि आधा घण्टा हिडेर खोलासम्म जानुपर्ने बाध्यता स्थानीयमा थियो ।
खानेपानीको लागि घरमा धारा बनेपछि खानेपानीका लागि मात्र होइन उनलाई श्रीमान,छोराछोरीहरुका कपडा धुने,नुहाउनलाई समेत सजिलो भएको छ । त्यस्तै घरमा खानेपानीको धारा निर्माण भएपछि घरको भान्सा गर्नदेखि कपडा धुनलाई सहज भएको साख्लाचौर निवासी राधिका विकले बताइन ।
‘ नजिकै पानीको महुना नहुदा पुरै गाउँलेलाई करिव आधा घण्टा हिडेर खोलामा खानेपानी लिन जानुपर्ने बाध्यता थियो’ राधिकाले भनिन,‘ खोलामा ट्याङकी निर्माण गएर घरमै धाराको पानी ल्याईदिएपछि त्यो समस्या हटेको छ ।’
खानेपानीका धारा निर्माणले पिउने पानीसँगै कपडा धुन र नुहाउनलाई समेत सजिलो भएको राधिकाले बताइृन । खानेपानीको धारा गाउँका घरघरमा आएपछि अहिले राधिका र बालिका जस्तै साख्लाचौका महिलाहरुलाई पानीको समस्या छैन ।
खाना पकाउनेदेखि कपडा धुनलाई समेत पानी ल्याउन खोला जानुपर्ने बाध्यता हटेको साख्लाचोर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष बेदबहादुर महराले बताए ।
खानेपानीको ट्याङकी निर्माण भएपछि स्थानीय २५ घर परिवारलाई पानीको समस्या हटेको महराले बताए । उनका अनुसार ११ लाख रुपैयाको लागतमा खानेपानी आयोजना निर्माणको काम सम्पन्न भएको हो ।
यसैविच निर्माण गरिएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । साख्लाचौरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरेका हुन ।
खानेपानी योजना हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वलीले स्थानीय समुदायलाई खानेपानी
समस्या समाधान भएको बताए । खानेपानीको आयोजना निर्माणले बर्षौदेखि गाउँमा भएको खानेपानी समस्याको अन्त्य भएको छ’ उनले भने ‘अव योजनाको संरक्षणको दायित्व स्थानीयवासीमा आएको छ ।’
सघ÷सस्थाले निर्माण गरिदिएका खानेपानी योजनाहरुमा स्थानीयहरुको लापरवाहीृका कारण गाउपालिका विभिन्न स्थानमा निर्माण भएका खानेपानी योजनाहरु अहिले विग्रिएर स्थानीयहरु पुन खानेपानी योजनाको लागि गाउँपालिकामा आउने गरेको भन्दै वलीले साख्लाचौरवालीलाई निर्माण गरिएको खानेपानीको योजनाको संरक्षण गरि दिर्घकालिन बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा जनउत्थान समाज विकास केन्द्रका कार्यक्रम संयोजक कुलबहादुर डाँगी, बंगलाचुली गाउपालिका वडा नं. ३ का वडाअध्यक्ष शोभराज विक, वडा नं. ४का अध्यक्ष नारायण डाँगी,महिला प्राविधिक समुहकी अध्यक्ष दोमन्ता आग्रीलगायतले बोलेका थिए ।
खानेपानी सरसफाई तथा उपभोक्ता सस्थाका अध्यक्ष बेदबहादुर महराको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भागेश्वर घर्तिले खानेपानी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सस्थाका आरके शितलले गरेका थिए ।