Home / Feature Breaking news / सत्ता गठबन्धनले भन्यो- राष्ट्रपतिको कदम गैरसंवैधानिक

सत्ता गठबन्धनले भन्यो- राष्ट्रपतिको कदम गैरसंवैधानिक

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ।

संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्।

राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित नगरेपछि आज बिहान सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेका थिए।

उक्त छलफलपछि वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*