दाङ, ९ भदौ
प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले श्रमीहरुको श्रमलाई उचित सम्मान दिनुपर्ने बताएका छन् ।
इम्प्रेशन नेपाल तेस्रो जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद डाँगीले समाजमा श्रम गर्ने व्यक्ति लाई हेर्ने देष्ट्रिकोषमा परिवर्तन आउन बताए ।
श्रमको सम्मान नहुदा सम्म श्रमीकहरु स्थापित हुन नसक्ने उनको भनाइ छ । श्रमीकहरु आफनो हक, अधिकारका लागि एकतावद्ध भएर अगाडि बढ्न समेत उनले सुझाव दिए ।
‘समय अनुसारको प्रविधिलाई अगालेर अगाडि बढ्नुस्, श्रम गर्ने मान्छेको एकदिन उचित सम्मा हुन्छ ।’ डाँग्ीले भने–‘श्रमीकहरुको पक्षमा कानुन निर्माणमा हामी लाग्छौ ।’
इम्प्रेशन नेपाल केन्द्रीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठले श्रमीककालागि राज्यले तोकेको न्युनतम तलव सवैले प्रदान गरीनु पर्ने बताए ।
‘श्रमीकको न्युनतम तलव तथा अन्य सेवा सुविधाका वारेमा राज्यले कानुनी रुपमा नै व्यवस्था गरी सकेको छ यसको कार्यान्वय हुनु पर्दछ’ अध्यक्ष श्रेष्ठले भने । अझै पनि धेरै श्रमीकहरुले न्युनतम तलब समेत पाउन नसकेको उनको भनाई रहेको छ ।
आफनो अधिकारको लागि एकतावद्ध हुन समेत उनले आग्रह गरे । एकतावद्ध भएर अगाडि वढेमा आफना मागहरु पुरा हुने उनीहरुको भनाइ रहेको छ ।
कार्यक्रममा इम्प्रेशनका केन्द्रीय सदस्य किरण गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा कोषाध्यक्ष आर.के.शीतल, प्रेस चौतारीका जिल्ला अध्यक्ष जे.एन.सागर, नाटुका जिल्ला अधयक्ष दिलवहादुर क्षेत्री लगायतकाले भनाई राखेका थिए ।
कार्यक्रम इम्प्रेशनका जिल्ला अध्यक्ष अन्नत आर सी को अध्यक्षतामा भएको थियो । जिल्ला सदस्य विशाल डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव माधव कडेलले गरेका थिए ।
त्यस अवसरमा इम्प्रेशनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सदस्य शोभा वस्नेत लाई सम्मान गरीएको थियो । अधिवेसनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।