Home / Feature Breaking news / निर्मला हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन

निर्मला हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, ९ भदौ

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिन राजधानीको माइतीघरमा शान्तपूर्वक प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो (केहीबेर अघि) सुरू भएको प्रदर्शनमा सहभागीले ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, बाँच्न गाह्रो भो जनतालाई, चुप लागेर बस्दैनौं जनता मर्न दिँदैनौं, निर्मलाको निम्ति न्याय’ जस्ता प्ले कार्ड लिएर शान्तपूर्वक प्रदर्शन गरेका हुन्।

नागरिक अभियन्ताहरू तथा विशेष गरी सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वत:स्फूर्त निर्मलानिम्ति न्यायका लागि शान्तपूर्वक प्रदर्शन गरेका हुन्।

निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। कार्यक्रममा शंख पनि बजाइएको छ भने बलात्कारविरुद्ध सांकेतिक नाटक पनि देखाइएको थियो।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*