Home / समाचार / समुदायको विकासको लागी सामाजिक सघसस्थाको भूमिका महत्वपूर्ण– नगर प्रमुख चौधरी

समुदायको विकासको लागी सामाजिक सघसस्थाको भूमिका महत्वपूर्ण– नगर प्रमुख चौधरी

घोराही, १ असार

घोराही उपमहानगर पालिकाका नगर प्रमुख नरुलाल चौधरीले समुदायको विकासकालागी सामाजिक संघसंस्थाहरुको भूमीका महत्वपूर्ण भएको बताउनुभएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाजको सहकार्यमा सचालित सामुदायिक सुरक्षा जालो कार्यक्रमको शुक्रबार घोराहीमा आयोजित सरोकारवालाहरुसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर चौधरीले यस्तो बताउनु भएको हो । उहाँले विगतदेखी नै नेपाल महीला सामुदायिक सेवा केन्द्रले घोराही उपमहनगरपालिकाका विभिन्न क्षेत्रहरुमा प्राकृतिक र मानविय विपतमा परेकोहरुको सेवाका लागी खेलेको भुमिकाको सराहाना गर्नुभयो ।

‘संस्थाले हिसा पिडित महीलाहरु मध्यपनी यौन हिंसामा परेका वास्तविक पिडितहरुको न्यायको लागी खेलेको भुमिका प्रति आभार प्रकट गर्दछु’ मेयर चौधरीले भन्नुभयो– ‘सामुदायिक सुरक्षा जालो कार्यक्रम मार्फत सहकार्य गर्न पाएकोमा हामी खुसी छौ । यस नगरभित्रका विपतका कारण समस्यामा परेका परिवारको लागी सहयोग पुग्ने विश्वास लिएका छौ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उप प्रमुख हुमा डिसी र प्रमुख प्रशासकिय अधीकृत भोजराज घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका मुख्य व्यवस्थापक एवं जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का लुम्बीनी प्रदेश प्रमुख पवन योगीले संस्थागत एंवं सामुदायिक सुरक्षाजालो कार्यक्रमबारेमा जानकारी गराउनुभएको थियो ।

जिल्लाको घोराही उपमहानगरपालिका, बगलाचुली गाउपालिका र दगिशरण गाउपालिकामा सञ्चालित उक्त कार्यक्रमले विभिन्न विपतमा परेका समुदायमा आपतकालिन सहयोग र आवश्यकता अनुसार मनोविमर्श प्रदान गर्ने गरेको छ ।

कार्यक्रम संयोजक लिला शाहको बिषय प्रबेश गराउनुभएको कार्यक्रमको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के शीतलले गर्नुभएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*