Home / Feature Breaking news / जाजरकोटका भुकम्प प्रभावितहरुलाई फाईबर सिरक वितरण

जाजरकोटका भुकम्प प्रभावितहरुलाई फाईबर सिरक वितरण

दाङ, २२ माघ
जाजरकोटका भुकम्प पीडितहरुलाई फाईबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ अनापानी जाजरकोटको २ सय घरपरिवारलाई फाईबरको सिरक वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा भुकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को अनापानीका २ सय भुकम्प प्रभावित परिवारलाई फाईबरको सिरक प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल मारवाडी युवा संगठन र नमूना एकीकृत विकास परिषद् रुपन्देहीसँगको सहकार्य एव. प्रगतिशील युवा क्लब नलगाड नगरपालिका १ जाजरकोटको व्यवस्थापनमा फाईबर सिरक वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नलगाड नगरपालिका वडा नम्बर १ जाजरकोटसँगको समन्वयमा सिरक वितरण गरिएको थियो ।

त्यस अवसरमा नलगाड नगरपालिका १ का वडाअध्यक्ष धनबहादुर महर, नेपाल मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, नमूना एकीकृत विकास परिषद् रुपन्देहीका कार्यक्रम अधिकृत राजेश जि.सी, प्रशासकीय अधिकृत मोहनन कार्की, सामुदायिक सुरक्षा जालोका कार्यक्रम संयोजक सुजन पौडेल, प्रगतिशील युवा क्लब जाजरकोटका अध्यक्ष दिपेन्द् चनारा लगायतको उपस्थिति रहेको थियो ।

२०८० कार्तिक १७ गतै भएको विाशकारी भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाज आवाजसँगको सहकार्यमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत सुप किचन कार्यक्रम, मनोविमर्श सेवासँगै स्वास्थ्य सचेतना र राहत वितरणको काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*