Home / Feature Breaking news / राष्ट्रिय गौरवका आयोजनाको खर्च निराशाजनक

राष्ट्रिय गौरवका आयोजनाको खर्च निराशाजनक

अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिइने प्रतिबद्धता जनाए । समग्रमा कुल बजेटको आकार नै कटौती गरिएका बेला राष्ट्रिय गौरवका आयोजनामा भने छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन ।

राष्ट्रिय गौरवका २४ आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सम्पन्न भई २०७९ जेठ २ देखि व्यावसायिक उडान सुरु भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भई आन्तरिकतर्फको उडान सञ्चालनमा आएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण विधि तयार नहुँदा सुरु नै हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत् आयोजनामा मुआब्जा वितरणको काम जारी छ ।

चालु आर्थिक वर्ष यी आयोजनाका लागि चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोडसहित कुल ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये कुल १५ अर्ब ८ लाख रुपैयाँ खर्च भएको हो ।

चालु आवमा कम खर्च गर्नेमा ठूला सडक आयोजनाहरु बढी छन् । बढी बजेट विनियोजन भएर पनि कम खर्च गर्नेमा मध्यपहाडी राजमार्ग, काठमाडौं तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) रहेका छन् । मध्यपहाडी राजमार्गका लागि चालु आवमा ९ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आधा समय सकिँदा अर्थात् पुस मसान्तसम्म १ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसअनुसार चालु आवको पुससम्मको भौतिक प्रगति १८ प्रतिशत छ । त्यस्तै फास्ट ट्रयाकका लागि चालु आवमा ३० अर्ब ७ करोड ८६ लाख रुपैयाँ विनियोजन भएकोमा आधा समय सकिँदा १ अर्ब ५९ करोड ८५ लाख रुपैयाँ मात्र खर्च भएको छ । जसको भौतिक प्रगति पुससम्म ९.११ प्रतिशत छ ।

गाैरवका आयोजनाहरुमा चालु आर्थिक वर्ष विनियोजन भएको रकम, पुससम्मको खर्च र भाैतिक प्रगति

आयोजनाको नाम विनियोजित बजेट पुस सम्मको खर्च भौतिक प्रगति (प्रतिशत)
मध्यपहाडी राजमार्ग ९ अर्ब ३३ करोड १६ लाख १ अर्ब ५३ करोड ९३ लाख १८
हुलाकी राजमार्ग ६ अर्ब ७ करोड २० लाख २ अर्ब ३४ करोड २९ लाख ४२.६०
उत्तर दक्षिण कोशी करिडोर १ अर्ब १० करोड २७ करोड ३२ लाख ३९
उत्तर दक्षिण कालिगण्डकी करिडोर (मालढुंगाराम्दीगैंडाकोट र बेनीजोमसोमकोरोला सडक खण्ड) ४ अर्ब ६९ करोड १ अर्ब ८ करोड २२.७१
उत्तर दक्षिण कर्णाली करिडोर ४७ करोड ७२ लाख ४३ करोड ९.०१
रेलमेट्रो रेल तथा मनोरेल विकास आयोजना ५ अर्ब ५२ करोड ८७ लाख १ अर्ब १९ करोड ५ लाख २२.०१
काठमाडौं तराई/मधेश द्रुतमार्ग ३० अर्ब ७ करोड ८६ लाख १ अर्ब ५९ करोड ८५ लाख ९.११
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ३ अर्ब ५२ करोड ८० लाख ७ करोड १३ लाख सम्पन्न
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल ४ अर्ब ४० करोड   ५२
निजगढ अन्तराष्ट्रिय विमानस्थल २६ करोड ७ करोड २६.९२
पशुपति क्षेत्र विकास कोष २४ करोड ११ करोड १२ लाख ४७.४८
लुम्बिनी विकास कोष १ अर्ब ५५ करोड ३७ करोड ४५ लाख २४.१६
बुढीगण्डकी जलविद्युत ७ अर्ब ९३ करोड २३ लाख १ अर्ब २५ करोड ७८ लाख १५.८६
माथिल्लो तामाकोशी जलविद्युत्     सम्पन्न
पश्चिम सेति जलविद्युत    
बबई सिँचाई १ अर्ब ५२ करोड ८४ लाख ४८ करोड १६ लाख ३४.८८
महाकाली सिँचाई १ अर्ब २६ करोड १ लाख ५३ करोड ४८ लाख ४२.८६
सिक्टा सिँचाई १ अर्ब ८८ करोड ६८ लाख ३७ करोड २० लाख २०.४६
रानी जमरा कुलरिया सिँचाई २ अर्ब ९० करोड ६ लाख ४७ करोड २० लाख १६.२७
भेरी बबई डाईभर्सन बहुउद्देश्यीय २ अर्ब २७ करोड ७८ लाख ३२ करोड ८७ लाख १९.३८
सुनकोशी मरिन डाईभर्सन बहुउद्दश्यीय २ अर्ब ७१ करोड ६२ लाख २ अर्ब ३९ करोड २ लाख ८८
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २ अर्ब १७ करोड ३२ लाख ३० करोड ९९ लाख १८.७८
मेलम्ची खानेपानी ८० करोड ७७ लाख १६ करोड २४ लाख २०.७२
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल ९ अर्ब २७ करोड ९७ लाख ४ करोड ६ लाख ३.६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*