Home / Feature Breaking news / प्रदेश स्तरिय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगीता हुने

प्रदेश स्तरिय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगीता हुने

घोराही, १ फागुन

फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगीताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।
‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिँगौरामा हुने महोत्सवमा हरेक दिन जिल्ला स्तरिय लोक दोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीताहरु हुने महोत्सव आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
प्रतियोगीतामा प्रथम दृतिय र तृतिय हुने टीमलाई नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ । जसमा लोकदोहोरी गीत प्रतियोगीतातर्फ प्रथमलाई ४० हजार ५ सय ५५, दृतियलाई ३० हजार १ सय ५५ र तृतीय हुनेलाई २० हजार १ सय ५५ रुपौया नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ ।

यस्तै लोक नृत्य प्रतियोगीतातर्फ प्रथम हुनेलाई १० हजार १ सय ५५, दृतिय हुनेलाई ६ हजार १ सय ५५ र तृतिय हुनेलाई ३ हजार १ सय ५५ रुपैया नगद सहित शिलड र मेडल प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवापु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*