Home / Feature Breaking news / गठबन्धनका उमेद्वारले भेटे बंगलाचुलीका बाढि पहिराे पिडीतलाई

गठबन्धनका उमेद्वारले भेटे बंगलाचुलीका बाढि पहिराे पिडीतलाई

घाेराही, २७ असाेज

प्रतिनिधी र प्रदेशसभा सदस्यका उम्मेदवारले बंगलाचूलीको बाढी,पहिरो प्रभावितको अनुगमन गरेका छन् । दाङ क्षेत्र नं.२ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्मा र प्रदेश २ (क) उम्मेदवार राजु खनालले अनुगमन गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित अर्थमन्त्री कृष्णध्वज खड्का र उम्मेदवारको संयुक्त टोलीले पहिरो प्रभावित क्षेत्रको अनुगन गरेको थियो ।

गत १८ गते आएको बर्षाले बंगलाचूलीका सम्पूर्ण वडामा बाढी पहिरोले ठुलो क्षति पु¥र्याएको थियो । पहिरो पीडितलाई राहत उपलव्ध गराउँने उदेश्यले प्रदेश सरकार र उम्मेदवारको टोली बंगलाचूली पुगेको प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

पालिकाले क्षतिको विवरण संङ्लनको काम जारी राखेपनि तत्काल खाद्यान्न,लत्ता कपडा,भाडाकुडा,त्रिपाल,औषधी लगाएत अन्य आबश्यक पर्ने सामाग्री प्रदान गरिने अर्थमन्त्री खड्कको भनाई छ ।

यस्तै अनुगनका क्रममा गठबन्धका दुबै उम्मेदवार रेखा शर्मा र राजु खनालले पहिरो पीडीतका लागि पार्टी र प्रदेश सरकारको तर्फबाट राहत उपलव्ध गराउँने बताए । बाढी पहिराले पालिकाका १ सय ७४ घरमा पूर्णरुपमा क्षति पु¥र्याएको छ । बाँकी ९३ घर परिवारका ३ सय जना बिद्यालय छिमेकी आफन्तको आश्रयमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*