Home / Feature Breaking news / करोडौको खानेपानी आयोजना अलपत्र

करोडौको खानेपानी आयोजना अलपत्र

बिमला घर्ति
दाङ, २२ असोज । दाङमा स्वच्छ खानेपानीको अभाव भएको कुरा नौलो होइन । यहाँका ७५ प्रतिशत नागरिकले मात्र सहज खानेपानीको पहुँचमा छन् । अर्थात २५ प्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउन नसकिएको खानेपानी डिभिजन कार्यालय दाङको भनाई छ । सबै नागरिकलाई सहज खानेपानीको पहुँमा पु¥याउन नसकिएको समयमा तुलसीपुर १४ ड्वाङपुरमा भने करोडौको खानेपानी आयोजना अलपत्र परेको छ ।

ड्वाङपुरका चार सय घरपरिवारका लागि निर्माण खानेपानी आयोजना अलपत्र परेको देख्न सकिन्छ । आर्थिक बर्ष २०६५÷६६ मा ८४ लाख रुपैँया सरकारको लगानी २० प्रतिशत जनश्रमदानवाट खानेपानी आयोजना सम्पन्न भएको थियो । आयोजनाको पानी वितरण गरिएको दुई महिनामै आयोजना अलपत्र अवस्थामा परेको हो । स्थानीय अगुवा नारायण प्रसाद चौधरीले स्वच्छ खानेपानी अभावको समस्या समाधानका लागि आयोजना पारिएको भएपनि उपभोक्ताको लापरवाहीका कारण दिगो हुन नसकेको बताउनुभयो । खानेपानी वितरण भएको दुई महिनामा यस्तो समस्या आएको उहाँको भनाई थियो । ‘राम्रो संग पानी वितरण हुन सकेको थिएन्, फेरी अभावको स्थिति सृजना भयो ’ उहाँले भन्नुभयो । पानीको फोर्सका कारण बीच बीचमा पाइप छुट्न थाले, सो पाइपलाई मर्मत नगरी पाइप चोरेर घरमा लगेर राखे जसको कारण अहिले पानीको समस्या भएको छ ।

पाइप चोरी भएपछि आयोजना असफल भएको उहाँले बताउनुभयो । उहाँले मर्मत संभारका लागि डिभिजन खानेपानीले पाँच लाख रुपैँया दिने भनेको भएपनि पाँच लाखले मात्र समस्या संवोधन नहुने भएपछि समस्या समाधान नगरिएको बताउनुभयो । गाउँमा पानीको आयोजना वारे पहल गर्ने गरेको भएपनि आफैलाई विभिद खालको आरोप प्रयारोप आउन थालेपछि विकासका कामलाई प्राथमिकता दिन छोडेको उहाँको भनाई छ । सो ठाउँका चार सय घरधुरीले घरमा डिप ट्युवेलको पानी उपयोग गर्ने गरेका छन् । तर सो पानी पीउनको लागि स्वच्छ नभएको तथा आर्सेनीक तत्व रहेकाले उपभोगका लागि स्वच्छ बनाउनका लागि घरैपिच्छे औसधी राख्नपर्ने समस्या समाधानका लागि आयोजनालाई प्राथमिकता दिइएको थियो । हिउँदको समयमा खानेपानीको समस्या हुने गरेको छ, आयोजनाले निरन्तरता पाएको भए अभाव हुने थिएन्, एक ठाउँमा मात्र औसधी राखे पुग्ने थियो । तर अहिले हिउदको समयमा पानीका लागि तड्पीनुपर्ने अवस्था छ, भने अहिले उपभोग गरिरहेको पानी स्वच्छ छैन्, उहाँले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष प्रशुनारायण चौधरीले खानेपानीको समस्या भएको ठाउँमा आयोजना अलपत्र हुनु दुःखको बिषय भएको बताउनुभयो । भौगोलिक बनावटले विकट मानिएको क्षेत्र तथा पानीको समस्याले ग्रस्त क्षेत्रमा आयोजनाले पुर्णता नपाउँदा त्यहाँका नागरिकलाई समस्या हुने बताउनुभयो । जनप्रतिनिधिको रुपमा कार्यभार संहालेको एक बर्ष भएको स्मरण गर्दै त्यहाँको खानेपानी समस्यालाई समाधान र आयोजनालाई कार्यान्वयनका जोड दिइने बताउनुभयो । अहिले सो आयोजनाका लागि बजेट बिनियोजन नगरिएको भएपनि आउदा दिनमा पूर्णता दिइने बताउनुभएको छ । १४ वडा खानेपानीका हिसावले सुख्खा वडा हो, चारैतिर नदीले घेरेको भएपनि अन्य ठाउँवाट पानी ल्याउन सम्भव छैन्, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*