दाङ,२२ असोज । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थीत माध्यामिक विद्यालय धर्नाले एक कार्यक्रमको आयोजना गरि विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षकोषको व्याजवाट बालबालिकाहरुलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन डागीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । त्यस अवसरमा विद्यालयमा मेघराज पौडेलद्धारा स्थापना गरिएको मेघटिका स्मृति प्रतिभा पुरस्कारवाट २०७४ सालको कक्षा ८को परिक्षामा उत्कृष्ठ हुने डिला वली, दलबहादुर बस्नेतद्धारा स्थापना गरिएको पद्मा स्मृति पुरस्कारवाट एसइई परिक्षा उत्कृष्ठ हुने बिनय केसी र बिपना केसी,बिष्णु पौडेलद्धारा स्थापना गरिएको नेत्र स्मृति पुरस्कारवाट कक्षा ५ मा उत्कृष्ठ नम्वर ल्याउने सुरेश चौधरी र सरिता चौधरीलाई प्रमुख अतिथि दाहालले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै पवित्रादेवी सुवेदीद्धारा स्थापना गरेको मिनराज सुवेदी जेहेन्दार पुरस्कारवाट एसइई परिक्षामा उत्कृष्ठ नम्वर ल्याउने बिनय केसी र सिर्जना केसी, बिन्दुकुमारी परियारद्धारा स्थपना गरिएको दिनेश बिन्दु दलित प्रतिभा पुरस्कारवाट कक्षा ८ मा उत्कृष्ठ नम्वर ल्याउने दलित छात्रा गिरिराज विक र बिपना विक, गुरुप्रसाद केसीद्धारा स्थापना गरिएको यज्ञमोति स्मृति प्रतिभा पुरस्कारवाट टिकाराम वली र बिशाल खड्का र टंक खड्काद्धारा स्थापना गरिएको मनोज स्मति पुरस्कारवाट कक्षा ८मा प्रथम हुने बमकुमारी बाठा,द्धितीय हुने सिर्जना विक र तृतिय हुने सुष्मा केसीलाई पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक तिलबहादुर पुनले जानकारी दिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अक्षकोषवाट प्राप्त व्याजले विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । परस्कार वितरण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५का वडा सचिव लक्ष्मण अधिकारी,विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भुमबहादुर गिरी,अक्षकोष स्थापनाकर्ता गुरुप्रसाद केसी, दलबहादुर बस्नेतलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मधुसुदन शर्माले गरेका थिए ।
RaptiSandesh RaptiSandesh