Home / Feature Breaking news / शरण सम्झना कपः अटल र राप्ती बराबरीमा रोकिए

शरण सम्झना कपः अटल र राप्ती बराबरीमा रोकिए

दाङ,२८ चैत । स्व.रामशरण थापा स्मृति आमन्त्रिण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ अन्तर्गत बिहीवार भएको खेलमा आयोजक राप्ती क्लव र अटल युवा क्लव बराबरीमा रोकिएका छन ।

घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा दुवै क्वलले २–२ गोल गर्दै बराबरी भएका हुन । खेलमा आयोजक राप्ती क्लवले अग्रता बढाएपनि जित निकाल्न सकेन । प्रतिष्प्रधात्मक खेलको पहिलो हाफमा राप्ती क्वलका खेलाडी पूर्ण नेपालीले गोल गर्दै क्वललाई अग्रता बढाएका थिए । त्यस्तै खेलाडी सुन्दर विश्वकर्माले पहिलो हाफमै अर्काे गोल थप्दै दोव्वरले अग्रता बढाएपनि जित्न सकेन ।

पहिलो हाफमा दुई गोलले पछि परेको अटल दोश्रो हाफमा दुई गोल गर्दै क्वललाई बराबरीमा लग्न सफल भएको थियो । अटललाई बराबरी गोल गर्न अटलका खेलाडीहरु मेघराज पाण्डे र सन्दीप वलीले १÷१ गोल गरेका थिए । निर्धारित समयमा २–१ ले पछि परेको अटलले दोश्रो हाफको अन्तीम थपिएको दुर्र्ई मिनेटको खेलमा अटलका खेलाडी सन्दीप वलीले गोल गर्दै क्वललाई बराबरीमा लगेका थिए । प्रतियोगितामा अटलका खेलाडी बिजेन्द्र घर्तिले एल्लो कार्ड पाएका थिए ।

atal vs rapti khum

rapti
खेल रेफ्रीहरु खुमबहादुर वली, शिवहरी शर्मा र बिनोद विकले खेलाएका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रवार विहान युएनबिसी क्लव घोराही र सक्सेस युवा क्लव तुलसीपुर र दिउँसो न्यू स्टार फुटवल एकेडेमी नारायणपुर र फुर्सेखाली युवा क्लवका विच हुने भएको आयोजक राप्ती क्लवका सचिव श्यामकुमार गिरीले जानकारी दिए । उनका अनुसार पहिलो खेल शुक्रवार विहान सात बजे युएनबिसी र सक्सेसका विच हुनेछ भने दिउँसो साढे तीन बजे न्यू स्टार फुटवल एकेडेमी र फुर्सेखाली युवा क्लवका खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई एभरेष्ट बैंक तुलसीपुर शाखाले नगद दश हजार सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*