Home / समाचार / महाधिवेशन प्रतिनिधि वलीको निधनप्रति कांग्रेस दाद्वारा दुःख व्यक्त

महाधिवेशन प्रतिनिधि वलीको निधनप्रति कांग्रेस दाद्वारा दुःख व्यक्त

दाङ,९ फागुन । नेपाली काग्रेस दाङले महाधिवेशन प्रतिनिधि एबं पूर्व जिल्ला सदस्य कमल वलीको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस दाङले एक शोक विज्ञप्ति प्रकाशित गर्दै वलीको असामयीक, अकल्पनीय र दुःखद निधनले स्तब्ध र मर्माहत बनाएको जनाएको हो ।

विज्ञप्तिमा दुःखको घडीमा शोक सनतप्त परिवारजनप्रति हार्दिक समबेदना व्यक्त गर्दै अमर आत्मको चिरशान्तिको कामना समेत कांग्रेस दाङले गरेका छ । साथै २०७८ फागुन ९ गते आज सोमवार साँझ करिब ६ बजे नेपाली कांग्रेस दाङ जिल्ला पार्टी कार्यलयमा श्रद्धाञ्जली कार्यक्रम राखेकाले उक्त कार्यक्रममा उपस्थीतिका लागि सबैमा अनुरोध गरेको नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सदस्य वलीको ५६ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा सोमवार मृत्यु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारीक श्रोतका अनुसार वलीको कलेजो समस्या देखिएपछि आइतवार उपचारका लागि अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*