Home / समाचार / सांंस्कृतिक विकासमा मुस्लिम समुदायको महत्वपुर्ण भुमिकाः मन्त्री बराल

सांंस्कृतिक विकासमा मुस्लिम समुदायको महत्वपुर्ण भुमिकाः मन्त्री बराल

अजय मिश्र
कपिलवस्तु,२९ चैत । सास्कृतिक विकासमा मुस्लिम समुदायको विशेष भुमिका रहेको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ जामिया सिराजुलवलुम अलसल्फीया मदरसाको वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन ।

मन्त्री बरालले मदरसा शिक्षालाई मूलप्रवाहिकरणमा ल्याउन आफुले प्रयास गर्ने बताए । मुस्लिम समुदायले सबै धर्मप्रति समान व्यवहार राखेको र आफ्नो भाषा संस्कृतिलाई बचाई राख्न महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

एहसान अहमद खाँ,राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुलगनी अलकुफी, चिरंञ्जीवी पौडेल, मदरसाका अध्यक्ष मौलाना समीम अहमद नदवी, प्र.अ.मौलाना खुर्शीद शैख सल्फी, अब्दुल रशिद मदनी, प्रवेज मदनी, समशुद्दीन रियाजी, मौलाना जैस मोहम्मद मक्की, ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटी, सशस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी मनोज धिताललगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*