Home / समाचार / कांग्रेस पार्टि कार्यालयमा सरसफाई

कांग्रेस पार्टि कार्यालयमा सरसफाई

घोराही, १५ कार्तिक

नेपाली कांग्रेस दाङले भोली शुक्रवार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

दशैँ, तिहार तथा छठको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यो कार्यक्रम हुन लागेको जनाईएको छ ।

कार्यक्रमको अघिल्लो दिन पार्टी कार्यालयमा सरसफाई गरिएको छ । पार्टिका जिल्ला सदस्य यज्ञबहादुर वलीको अगुवाईमा पार्टि कार्यालय सरसफाई गरिएको हो ।

पार्टिका नेता, कार्याकर्ता एवं नेविसंघको सहभागीतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी र गिरिराज सुवेदी, क्षेत्रीय सदस्य रेखबहादुर वली(देउता), नेविसंघका नेताहरु सरोज शाह, कुलराज खनाल, तिलक रावत लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*