Home / Feature Breaking news / १७ लाख रिचार्ज कार्ड चोरीको अभियोगमा पुन पक्राउ

१७ लाख रिचार्ज कार्ड चोरीको अभियोगमा पुन पक्राउ

घोराही, १५ कात्तिक । नेपाल टेलिकमको १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । गत असोज २३ गते घोराहीबाट नारायणघाट लग्दै गर्दा १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा प्रहरीले रोल्पाको माडि गाउँपालिका– १ निवासी २१ बर्षिय दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका पुनलाई विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । घोराही–स्थित शुभलक्ष्मी नमस्ते डिस्ट्रीब्युट प्रालिले ना ६ ख ९३४५ नम्बरको बसबाट नारायणघाट लैजाँदै गरेको टेलिकमको रिचार्ज कार्ड देउखुरीको भालुबाङबाट चोरी भएको थियो । चोरी भएको २१ दिन पछि प्रहरीले रोल्पाको थवाङका विभिन्न स्थानमा रिचार्ड कार्र्ड विक्रिवितरण गरिरहेको अबस्थामा पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए ।

नेपाल टेलिकमको १७ लाख मुल्यको रिचार्ड कार्ड चोरी गर्ने पुनसँगै प्रहरीले १६ लाख दश हजार मुल्य बराबरको रिचार्ड कार्ड बरामद गरेको प्रहरी उपरिक्षक शर्माले बताए । प्रहरीले रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो । त्यस्तै प्युठानबाट ५० दरका रिचार्जकार्ड तीन हजार छ सय थान र एक सय दरका आठ हजार पाँच सय थान र पाँच सय दरका तीन सय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन प्रहरी उपरिक्षक शर्माले जानकारी गराएका थिए ।

पुनले रिचार्जकार्डहरु प्युठान जिल्ला स्वर्गद्धारी नगरपालिका–७ मा रहेको ससुरालीमा लुकाई राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ९० हजारको कार्ड विक्रि वितरण गरिसकेको प्रहरीले बताएको छ । पक्राउ परेका पुनलाई प्रहरीले चोरी सम्बन्धी मुद्धा चलाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*