Home / प्रवास / अमेरिकमा लकडाउन उल्लंघन गर्ने ६ जनामाथि प्रहरीको गोली

अमेरिकमा लकडाउन उल्लंघन गर्ने ६ जनामाथि प्रहरीको गोली

अमेरिकाको क्यालिफोर्नियामा लकडाउनको उल्लंघन गर्दै पार्टी आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ।

बीबीसीका अनुसार, शुक्रबार राति एक अपार्टमेन्टमा ६ जनामाथि प्रहरीले गोली चलाइएको हो।

गोली लागि घाइते हुनेहरुमा ४ महिला १ पुरुष र १ किशोरी रहेका छन्। उनीहरुमाथि ज्यान नजाने गरि गोली हानिएको बताइएको छ।

क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै यसको उल्लंघनका घटनाहरु भइरहेका देखिएका छन्।

अमेरिकाको क्यालिफोर्निया कोरोनाबाट अत्यन्तै प्रभावित भएको स्टेट मध्यमा पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*